पोखरा । ब्रिलियन्ट मेनपावर ट्रेनिङ सेन्टर प्रा ली सेन्टर अन्तरगत दिगो रोजगारीका लागि पर्यटन क्षेत्रका तालिम परियोजनाले ३ सय जनालाई पर्यटन क्षेत्रमा संम्बधीत औधोगी प्रशिक्षार्थी मोडलमा तालिम कार्याक्रम सम्पन्न भएको छ ।
पोखरामा कास्की, तनहुँ लम्जुङ लगायतका जिल्लामा एकैसाथमा गरिएको उक्त गरिएको थियो । पर्यटनको क्षेत्रमा आवस्थ पर्ने श्रमीक उत्पादन गर्ने उक्त कार्याक्रममा सिटिभिटीको संयोजनमा पोखराका विभिन्न संस्थाको सहयोगमा सचालन भएको हो । तालिम समापन समारोहमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य राजिव पहारीले अहिलेको समयमा पर्यटनको क्षेत्रमा कामगर्ने कामदारको संकट रहेको बताए । पहारीले नेपालको शिक्षा निति बेरोजगारी उत्तपादन गर्ने रहेको धारण राखे । अहिलेको शिक्षा निति सुधानुपर्ने उनले बताए । पहारीले यस्ता तालिमले दक्ष जनशक्क्ति उत्पादन हुने बताए ।
पोखरा महानगरपालिका ६ का वडाध्यक्ष जगत पहारीले पर्यटन विकासको लागि यस्ता तालिमले निरन्तरता पाउनुपर्ने बताए । आफुले तालिम नजिकैबाट हेरेको हेरेको सुनाउदै उनले तालिम प्रभावकारी भएको धारणा राखे ।
कार्यक्रममा होटल संचालकको तर्फबाट धर्मराज पन्थी, रेवानका उपाध्यक्ष विश्वराज पौडेल, हानका अध्यक्ष लक्षमण सुबेदी, बिटिस काउसिल दक्षता परियोजनका टिम लिडर एरिक, ब्रिलियन्ट मेनपावर ट्रेनिङ सेन्टर प्रा ली सेन्टर करुणानिधी ज्ञवली, सिटिभिटीका निर्देशक डा.कुश्माकर भट्ट, तालिममा सहभागीको तर्फबाट कृष्ट्रि थापा र आषिस चौधरी लगायतले कार्यक्रममा भनाइ राखेका थिए । कार्याक्रको संयोजक सुदिप प्रेख्रेलले गरेका थिए भने लेखनाथ पहारीले कार्याक्रम संचालन गरेको थिए । तालिमको लागि बिटिस काउसिले व्यवस्थापन र युरोपिएन युनियनले आर्थिक सहयोग गरेको हो ।






























प्रतिक्रिया लेख्नुहोस्:-