मार्ग दर्शन महिला समूह द्वारा आयोजित महिलाको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
पोखरा ११ रानिपौवामा रहेको स्वास्थ्य तालिम केन्द्रमा भएको उक्त कार्याक्रममा कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले प्रदेश सरकाले पाठेघर तथा स्तन क्यान्सरका बिरामीलाई निशुल्क उपचारको लागि व्यवस्था गरेको बताए । उनले महिलाले स्वास्थ्य शिबिर राखेर राम्रो काम गरेको बताए ।
थापाले गण्डकी प्रदेशको सांसद हुँदा समय देखि नै आफ्नो तलब भत्ताबाट प्राप्त भएको रकम सामाजिक क्रियाकलापका विभिन्न क्षेत्र हरुमा सहयोग गर्दै आएका छन् । सोही पारिश्रमिकबाट केहि रकम र मार्ग दर्शन महिला समहुको सक्रियतामा स्वास्थ्य शिबिर संचालन भएको । स्वास्थ्य शिबिरमा विभिन्न टोलका १ सय ६१ जना महिला हरुले स्वास्थ्य परिक्षण गराएका छन् ।
स्वास्थ्य शिबिरमा पोखरा ११ का वडाध्यक्ष मोहन बस्तोला, जनप्रतिनिधि मीन गुरुङ, नेपाली काङ्ग्रेस इकाई सभापति हरि बस्तोला, समाजसेवि प्रेम कर्मचार्य एव महानगर स्वास्थ्य प्रतिनिधि सबिना श्रेष्ठ, व्यावसायि टिका गुरुङ ज्युको समेत सहभागिता रहेको थियो ।
शिबिरमा प्राविधिक सहयोग गण्डकी मेडिकल कलेज पोखराको रहेको थियो । स्त्रीरोग तथा प्रसुतीरोग विशेषज्ञ डा.अनु हिराचनको टोलि द्वारा स्वास्थ्य परिक्षण गरेको थियो । पोखरा महानगर स्वास्थ्य महाशाखा र काहु स्वास्थ्य चौकी ११को समन्वयमा सो कार्यक्रम भब्य रूपमा संचालन भएको थियो ।






























प्रतिक्रिया लेख्नुहोस्:-