पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधिन सेती नदी जलविद्युत आयोजनामा अर्थ मन्त्री जनार्दन शर्माले अवलोकन गरेका छन् । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निर्माण गर्दै गरेको सेती नदी हाइड्रो पावरमा योजनाको अवलोकन गदै मन्त्री शर्माले विकासको समृद्धी भनेको स्रोतको परिचाल गर्ने रहेको बताए ।

उनले सेती नदी हाइड्रो पावरमा स्रोतको परिचालन भएको बताए । उनले यस योजनाले स्थानिय र राज्यलाईलाई नै पनि फाइदा पुग्ने बताए । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सोही ठाउँ नजिकै केवलकार निर्माण गर्न लागेको उनले जानकारी दिए । उनले देशमा लगनी गर्न चाहेको लागि सरकारले उपयुक्त वातावरण बनाएको बताए ।

भिजन लुम्बिनीले बनाउन लागेको आयोजना नदी जलप्रवाहमा आधारित छ । माछापुच्छ«को भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १ सय ८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने योजना छ । पाइप मार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिनेछ ।

लुम्विनी प्रदेशको बुटवलमा रहेको भिजन लुम्विनी उर्जा कम्पनी लिमिटेडबले सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धन गरेको हो । विसं २०७७ साउनदेखी २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकामा कार्यतालिका अनुसारनै काम अघि बढेकाले तोकिएको समय अगावै विद्युत उत्पादन हुने भिजन लुम्विनी उर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए । हाल भौतिक निर्माणको काम ५५ प्रतिशत सकिएको छ ।
स्थानीय ६०० जनाले आयोजनामा लगानी गरेका छन् । आयोजनाले उत्पादन गरेको विद्युत वर्षा यामको छ महिना चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत प्राधिकरणले खरीद गर्ने सम्झौता छ । आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ्रेको स्थानीय सरकार, शैक्षिक संस्था तथा विभिन्न क्लबहरुलाई सहयोग गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वबाट वार्षिक रु ९० लाख सहयोग गर्ने सम्झौता स्थानीय सरकारसँग भएको कम्पनीले जनाएको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-