गण्डकी विश्वविद्यालयले एमवीवीएस र विडिएसको पाठ्यक्रम तयार गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा २ वर्षअघि स्थापना गरिएको विश्वविद्यालयले चिकित्सा क्षेत्रको अध्यापन गराउने लक्ष्यका साथ पाठ्यक्रमको तयार गरेको हो ।
मलेसिया, पाकिस्ता र अमेरिका सहित देशका ४९ विषय विज्ञलाई समेटेर तयार गरिएको पाठ्यक्रम देशकै पहिलो र उत्कृष्ट रहेको विश्वविद्यालयले दाबी गरेको छ । चिकित्सा क्षेत्र सञ्चालनमा ल्याउने तयारी गरिरहँदा भने चिकित्सा क्षेत्रमा निकै समस्या र चुनौति देखिएको छ । पाठ्यक्रम तयार भइरहँदा अब कति विद्यार्थी पढाउने भन्ने विषय चुनौतिको विषय रहेको छ ।
उता नेपाल मेडिकल काउन्सिलका रजिष्टार कृष्ण प्रसाद अधिकारीले नेपालमा दक्ष चिकित्सकको अभाव खड्किएको बताएका छन् । उनले नेपालमा ज्ञान भएका डाक्टर भेटिएपनि सिपको डाक्टर नभेटिएको गुनासो गरे । ‘हाम्रो क्षेत्रमा अहिले ज्ञानी डाक्टर जतिपनि भेटिन्छन् तर सिपालु डाक्टर भेटिदैन यो आजको निकै चुनौतिको विषय हो ’ उनले भने,‘ढंग भएका डाक्टर नै छैनन् अहिलेको परीक्षा भनेको सोध्ने हो जस्ले खररर् भन्न सक्यो त्यसैले जागिर पाउने हो यहाँ प्रयोगात्मक हुदैँन ।’
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संविधानको आधारमा गण्डकी विश्वविद्यालय जन्मिएको बताए । विश्वविद्यालय कसरी बनाउने भन्ने प्रश्नका बाबजुत संविधान र अहिलेको सिस्टमसंग धेरै कुरा नमिलेको र मिलाउन नचाहनेहरु पनि लागि परेको सुनाए ।
‘हिजो जुन ढंगको प्राध्यापकहरु थिए, जस्लाई सबैले सम्मान पदन्थे त्यो आज अपमानमा किन परिणत भयो ? ‘यो हाम्रो संवैद्यानिक अधिकार हो । यो संविधान च्यातिन पर्यो कि त यो लागु हुन पर्यो’ उनले,‘ यो लागु हुने कसरी रुपान्तरण गर्न सकिन्छ भन्दा यसमा शिक्षा, स्वास्थ्य र रोजगार जोडिएको छ । प्रशासनिक, कानूनी रुपमा भिन्नता हुनुपर्छ राजनीतिक दल र नेतृत्वको हावी हुनुहुदैँन ।’






























प्रतिक्रिया लेख्नुहोस्:-