फेरि भेटउला युवा क्लबको आयोजनामा स्वर्गीय हेनरी लेप्टेन नन्द सिंह गुरुङ स्मृति कप २०७८ भलिबल प्रतियोगितामा पुरुषतपर्फ भुर्जुङ्खोला युवा क्लब र महिलातर्फ ल्वाङ पहिलो भएको छ ।
पुरुषतर्फ भुर्जुङ्खोला र ल्वाङ युवा क्लब बिच फाइनल भएको फाइनल खेलमा पहिलो सेटमा २३-२५, २५-१८,२५-११ र २५(२३भुर्जुङ्खोला पहिलो भएको छ । पहिलो भुर्जुङ्खोलाले सिल्ड, मेडल प्रमाणपत्र सहित ३५ हजार पुरस्कार जितेको छन । भने दोस्रो भएको ल्वाङले २० हजार सहित मेडल प्रमाणपत्र पाएको छ ।
ल्वाङले २५-११, २५-१० को सेटको अन्तर पार्दै आयोजक फेरि भेटौला युवा क्लब दोस्रो भएको छ । महिला भलिबलमा ल्वाङ महिला पहिलो १५ हजार दोस्रो फेरि भेटौला युवा क्लबले १० हजार, मेडल प्रमाणपत्र जितेको छ । पुरुषतर्फ बेष्ट डिफेन्डर अन्तिम परियार, स्पाइकर धिरज परियार, सर्भर निकेश गुरुङ, सटर सुदिप बिक, ब्लगर अर्दिन परियार, प्लेयर डिबेल तामाङ, कोच टेक राना भएका छन् ।
महिलातर्फ बेष्ट सर्भर विपना नेपाली, डिफेन्डर अनिशा रानामगर, सटर गंगा नेपाली, स्पाइकर सृष्टी बिक, प्रशिक्षक कृष गुरुङ र प्लेयरमा सर्मिला नेपाली भएका छन् । ठेलो हान्ने प्रतियोगिता, बेलुन फुटाइ प्रतियोगिता, कुर्सी दौड प्रतियोगिता भएको थिए । राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य राजेश गुरुङले खेलकुदको बिकास चाहेको बताए । खेलबाट आत्मियता बढाउन पर्ने । खेलबाट दुश्मनी लिन नहुने बताए ।
कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुली यस क्षेत्र भलिबलको लागि उर्वर भुमी रहेको बताए । यस क्षेत्रका खेलाबडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको बताए ।






























प्रतिक्रिया लेख्नुहोस्:-