२०८३ साउन ३, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दूतावासविरुद्ध स्टाटस लेखेकै अभियोगमा पत्रकार पाण्डेलाई तीन महिना कैद सजाय

गण्डकी प्रेस
फाल्गुन १९, २०७८ ०९:०४ मा प्रकाशित
समाचार
दूतावासविरुद्ध स्टाटस लेखेकै अभियोगमा पत्रकार पाण्डेलाई तीन महिना कैद सजाय
22
SHARES
Share on FacebookShare on Twitter

सामाजिक सञ्जाल फेसबुकमार्फत युएईस्थित नेपाली दूतावासको आलोचना गरेकै आरोपमा पत्रकार उमाकान्त पाण्डेले तीन महिना जेल सजाय र झन्डै आठ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । उनलाई दुबई अदालतले मंगलबार तीन महिना जेल सजाय हुने फैसला गरेको हो । दुबई बसेर नेपाली पत्रकारिता गर्दै आएका पाण्डेलाई सजाय भुक्तानपछि युएई सरकारले देश निष्कासन ९डिपोट० गर्नेछ । उनका सबै सामग्री जफत हुने र सामाजिक सञ्जाल फेसबुक बन्द गरिनेछ । पाण्डेले जरिवानाबापत २० हजार दिराम ९सात लाख ९९ हजार चार सय रुपैयाँ० जरिना तिर्नुपर्नेछ ।

गत जनवरीमा नेपालमै हुँदा उनले युएईस्थित नेपाली दूतावासको क्रियाकलापका सम्बन्धमा फेसबुकमा स्टाटस लेखेका थिए । त्यसलगत्तै रुष्ट दूतावासका कर्मचारीले दुबई प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई प्रहरीले गत ३ फागुनमा पाण्डेलाई पक्राउ गरेको थियो । लगत्तै अबुधावीस्थित अल वाथ्बा जेलमा राखिएको थियो । सामाजिक सञ्जालमा स्टाटस लेखेकै विषयलाई कसुर ठहर्‍याएर दुबई अदालतले यस्तो फैसला गरेको हो ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले दूतावासका सम्बन्धमा स्टाटस लेखेकै कारण उजुरी गर्नु र सजाय हुनु अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको बताए । ‘पाण्डेजीले युएईस्थित नेपाली दूतावासको क्रियाकलापका सम्बन्धमा स्टाटस लेख्नुभएको रहेछ । सोही विषयमा दूतावासले दुबई प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरी जेल हालिएको थियो । दुबई अदालतले गरेको सजाय नेपालको कानुनविपरीत छ । नेपाली दूतावासको कदमले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको छ । नेपाल पत्रकार महासंघले दूतावासको यो कदमको विरोध गर्छ,’ उनले भने ।

महासंघका अनुसार स्टाटसविरुद्ध दूतावासका कर्मचारी इरफान खानले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । सामाजिक सञ्जाल दुरुपयोग गरी नियोगको मानहानि गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । दुबई अदालतले उनलाई सोही अभियोग प्रमाणित गरेर सजाय सुनुवाइ गरेको हो । पाण्डे केही वर्षदेखि स–परिवार दुबई बस्दै आएका छन् । उनलाई पक्राउ गरेलगत्तै महासंघले युएईस्थित नेपालका लागि राजदूत कृष्ण ढकालसँग समन्वय गरेको थियो । पाण्डेविरुद्ध दूतावासले जाहेरी नदिएको उनले महासंघलाई बताएका थिए । अदालतको फैसलापछि राजदूत ढकाल बिदामा बसेको महासंघले जनाएको छ ।

युएई दूतावासले पाण्डेलाई नियोजित ढंगले पक्राउ गर्न लगाएको भन्दै पत्रकार महासंघले यो विषय इन्टरनेसनल फेडेरेसन अफ जर्नानिस्ट ९आइएफजे०मा लैजाने जनाएको छ । महासंघले पाण्डेको रिहाइका लागि परराष्ट्रमन्त्री डा।नारायण खड्कालाई बिहीबार भेट्नेछ । त्यसबाहेक युएईस्थित दूतावाससँग पनि समन्वय गर्नेछ । ‘दूतावासले नियोजित ढंगले पाण्डेलाई पक्राउ गर्न लगाएको हाम्रो ठहर छ । यो विषय अब हामी आइएफजेमा उठाउँछौँ । किनकि यो नागरिकको अभिव्यक्ति स्वतन्त्रताको खिलाप छ । पाण्डे रिहाइका लागि हामी भोलि नै परराष्ट्रमन्त्रीलाई भेट्नेछौँ,’ उनले भने ।

दुबईको कानुनअनुसार अदालतको फैसला चित्त नबुझे फैसला भएको १४ दिनसम्म अदालतविरुद्ध अपिल गर्न सकिन्छ । पत्रकार महासंघले यो कदम पनि अघि बढाउनेछ । यसका लागि महासंघले केन्द्रीय सदस्य सुनील खड्कालाई यसअघि नै दुबई पठाइसकेको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए