बाँके– बाँकेको कोहलपुर चौराहमा ट्रक पल्टिदा एक महिला प्रहरी जवानको मृत्यु भएको छ ।
ड्युटिमा खटिएकी ३६ वर्षीया प्रहरी जवान कविता बिसीको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।
शम्सेरगञ्जबाट कौशिलानगर बाँके तर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक गएराति १० बजे कोहलपुर चौराहमा मोड्ने क्रममा एक्कासी पल्टिंदा बीसी च्यापिएकी थिइन् ।
घाइते भएकी बीसीको उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा गएराति सवा १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बाँकले जनाएको छ ।
ट्रक चालक फरारक रहेका छन् उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिसी खडैचा प्रहरी चौकीमा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी हुन् ।



























प्रतिक्रिया लेख्नुहोस्:-