दाङ– दाङको लमही तुलसीपुर सडकखण्डमा ट्रकको ठक्करबाट सोमबार विहान मोटरसाइकल चालकको मृत्यु भएको ।
घोराही उपमहानगरपालिका–३ भानुचोक नजिकै लमहीतर्फ जाँदै गरेको प्रदेश नं. १ ०२००१ ख ९४०४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
त्यस क्रममा चालक १९ वर्षीय अर्जुन खड्काको घटनास्थलमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि मृतकका परिवारले लमही–घोराही सडकखण्ड अवरुद्ध गरेका छन् ।
बिहान ९ बजेदेखि मृतक र आफन्तले घोराही–३ कुइरेपानी नजिकै सडक अवरुद्ध गर्दा लमही–घोराही सडकखण्डमा गाडी रोकिएका छन् ।
मृतकका आफन्त ट्रक चालकलाई कारबाही गर्नुपर्ने र मृतकको परिवारलाई राहत दिनुपर्ने माग गरिरहेका छन् । ट्रकचालक रिरेन्द्रकुमार पूर्वेलाई नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-