काठमाडौं–स्थानीय तह र वडाको सीमाना, केन्द्र हरेफेर नहुने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुनु अघि सीमाना तथा केन्द्र हेरफेरका लागि परेका निवेदनहरु कार्यान्वयन नहुने भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सीमा तथा केन्द्र हेरफेरको निवेदनहरु परेपनि स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेकाले हेरफेर नहुने भएको हो ।
देशभरका विभिन्न वडाहरु एक अर्कामा गाभ्न र सीमाना परिवर्तन गर्नका लागि ५० वटा निवेदन परेको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए ।
उनका अनुसार निर्वाचन सकिएपश्चात मात्रै प्रक्रिया अघि बढाउन सकिनेछ । देशभर ७ सय ५३ स्थानीय तहमा ६ हजार ७ सय ४३ वडा रहेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५,६ र ७ मा स्थानीय तहको सीमाना हेरफेरसम्बन्धि व्यवस्था गरिएको छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-