पोखरा–पोखराको नजिकैको दुरी हिउँपर्ने गर्छ । पोखरादेखी १ घण्टा सवारीमा जाने हो भने हिउँ देख्न पाइन्छ । केहि समय अघि पञ्चासेको डाडाँ, लुम्ले लगायतको स्थानमा हिउँ परेको थियो ।
आइतबार पोखरा समेत हिउँले ढाकिएझैँ डाकिन पुग्यो । पोखरामा लामो समयपछि भारीमात्रामा असिनाको वर्षा हुँदा पुरै सहर सेताम्य देखियो । त्यतिमात्र होइन ।
पोखरामा सवारी आवत जावत समेत केहि बेर प्रभावित हुन पुगेको थियो ।बाक्लो असिना परेका कारण सवारी चिप्लीन थालेपछि सवारी जाम समेत परेको थियो ।
पोखरामा असिनाको वर्षा भएको छ । पोखरामा आइतबार दिउँसो अचानक असिना पानी परेको हो ।




























प्रतिक्रिया लेख्नुहोस्:-