काठमाडौं–काठमाडौं बस्दै आएका भारतीय नागरिक पिण्टु मण्डललाई ३ किलो चाँदी सहित प्रहरीले पक्राउ गरेको छ ।
दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट २६ वर्षीय पिण्टुलाई प्रहरीले पक्राउ गरेको हो । वीरगंजबाट काठमाडौं आउँदै गरेको ना १ ज ६२५३ नम्बरको टाटा सुमो चेकजाच गर्ने क्रममा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई उक्त धातु सहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-