स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख ३० गते गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को भरखरै बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्को बैठकमा निणर्य गर्नुअघि सरकारले आयोगका पदाधिकारीहरूसँग परामर्श गरेको हो ।



























प्रतिक्रिया लेख्नुहोस्:-