सहारा क्लब पोखराको आयोजनामा जारी २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा एपिएफले अग्रता लिएको छ ।
प्हिलो हाफको समाप्तीसम्म एपिएफले १–० को अग्रता लिएको हो । एपिएफले खेलको २० औं मिनेटमा गोल गर्दै अग्रता लियो ।
अर्मन्ड वेडोमको पासलाई युवराज खड्काले नियन्त्रणमा लिदैँ उत्कृष्ट गोल गरे ।
मनाङले खेल सुरु भएको दोस्रो मिनेटमानै ओलावालेको प्रहारमा गोलरक्षक कुरियामा युयाले बचाउ गरे ।
खेलको ५ औं मिनेटमा अर्मन्डको हेड प्रहार बाहिरीदाँ गोल गर्नबाट चुक्यो । १३ औं मिनेटमा मनाङका प्रवेश कुवँरको फ्रिकिक प्रहार बाहिरियो । २४ औं मिनेटमा अर्मन्डको हेडरमा गोलरक्षक अशोक बराल बाधक बन्दा अग्रता दोब्बर पार्नबाट चुक्यो ।३० औं मिनेटमा ओलावालेको हेडर गोलरक्षक युयाले बचाउँ गर्दा मनाङको बराबरी गर्ने अवसर गुम्यो । ३३ औं मिनेमा मनाङले बराबरी गर्ने अवसर खेर फाल्यो । राजेश परियारको फ्रिकिक प्रहार क्रसबार नजिकैबाट बाहिरीयो ।
ह्यान्डबलको अपिल गरेपनि रेफ्रिले कुनै प्रतिक्रिया दिएनन् । ४० औं मिनेटमा नविन लामाले क्रस गरेको बलमा डिफेन्डर अदित्य चौधरीको हातमा लाग्न पुगेको थियो । उनी घाइते हुन पुगे उनको हातमा चोट लागेको थियो । उनलाई गम्भिर चोट लागेपछि अस्पताल लगिएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-