पोखरा, ४ असोज–राष्ट्रिय ए डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरानले फराकिलो जित हात पारेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कर्भड हलमा जारी लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा धरानले प्रभातफेरी काठमाण्डौँमाथि ११–६ गोलको जित हात पारेको हो ।
धरानको रेवोस मास्के र विकु थापाले ह्याट्रिक गरे । थापा खेलको म्यान अफ दि म्याच घोषित भए । भने मास्के लिगको सर्वाधिक गोलकर्ता समेत बनेका छन् । उनले दुई खेलमा ५ गोल गरेका हुन् ।
यस्तै मिलन राईले दुई गोलको योगदान दिए । मिलन लिम्बु, दोर्जे तामाङ र सुदिप गुरुङले समान १÷१ गोल गरे । प्रभातफेरीका लागि धिरज श्रेष्ठले दुई गोल गरे । राज पौडेल, सिजन गुरुङ श्रीजेश पुरी तथा धिरज जोशीले समान एक एक गोल गरे ।
जितसंगै धरान २ खेलबाट ६ अंक सहित शिर्षस्थानमा रहको छ । धरानका मास्केले दुई खेलमा ५ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।
सोमबार नै सम्पन्न अर्को खेलमा मछिन्द्र स्काई गोल्सले झरना स्पोट्र्स क्लबलाई ८–० गोलअन्तरले पाखा लगायो । जितसंगै मछिन्द्र दोस्रो स्थानमा उक्लिएको छ ।
मछिन्द्रको जितमा प्रकाश महतरा र कप्तान निर्मल गुरुङले समान दुई÷दुई गोल गरे । यस्तै अनिल खड्का, संजोग सुनम, आशिष सुनम र रोशन अधिकारीले समान एक÷एक गोल गरे ।
खेलको म्यान अफ दि म्याच स्काइ गोल्सका कप्तान निर्मल घोषित भए । जितसंगै स्काईको २ खेलबाट ३ अंक बटुलेको छ । उता झरना भने दुई खेलमै हार व्यहोर्दै अंकविहिन छ ।
प्रतियोगिता अन्तरगत मंगलबार ३ खेल हुने लिग संयोजक विनोद गुरुङले जानकारी दिए । उनका अनुसार भोलिको पहिलो खेल पोखराको स्पोट्र्स क्यासल र काठमाण्डौँको शंखमुलबिच हुदैँछ ।
यस्तै दोस्रो खेलपनि पोखराको सविन मेमोरियल र लुम्बिनी फुटसल रुपन्देहीबिच हुदैँ छ भने अन्तिम खेल फुटसल ५ धरान र ढुकु फुटसल हव काडमाण्डौँबिच हुदैँछ ।



























प्रतिक्रिया लेख्नुहोस्:-