पोखरा,असोज ३– पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिग अन्तर्गत आइतबार ३ खेल सम्पन्न भएका छन् ।
आइतबार भएको पहिलो खेलमा लुम्बिनी फुटसलले झरना स्पोट्र्स क्लबलाई ६–२ गोलले हरायो । लुम्बिनीको जितमा रुपेन बराइलीले २ तथा कप्तान अन्जन थापा, घेली शेर्पा, रेइफी महर्जन र रोजल दाहालले समान १–१ गोल गरे ।
झरनाका लागि मोहन बहादुर थापा मगर र अमित गुरुङले १–१ गोल गरे । जितसंगै लुम्बिनीले ३ अंक बटुलेको छ । खेलको म्यान अफ दि म्याच लुम्बिनीका रेइफी घोषित भए ।
शंखमुल फुटसल र फुटसल ५ धरान बिच भएको दोस्रो खेल बराबरीमा रोकियो । अत्यन्तै प्रतिस्पर्धात्मक खेल ३–३ गोलको बराबरीमा सकिए पछि १÷१ अंक बाडेका हुन् ।
खेलको म्यान अफ दि म्याच शंखमुलका क्रिजल खड्का घोषित भए । शंखमुलका लागि सुशान श्रेष्ठ,क्रिजल खड्का र लक्ष्मण थापाले गोल गरेभने धरानका लागि विजय श्रेष्ठ, सरोज तामाङ र प्रवेश जोशिले गोल गरे ।
अन्तिम खेलमा ढुकु फुटसलले पोखराको सविन मेमोरियललाई ८–६ गोल अन्तरले पाखा लगायो । जित संगै ढुकुले ३ अंक जोडेको छ । ढुकुको जितमा अभय राना र विक्रान्त नरसिंह राना र उर्केन शेर्पाले २–२ तथा अमित लामा र पेम्बा तामाङले १–१ गोल गरे ।
उर्केन खेलको म्यान अफ दि म्याच समेत घोषित भए । सविन मेमोरियलका लागि अभिनाष तामाङ र मनिष क्षेत्रीले २–२ तथा सुनिल विक र सरोज तामाङले १–१ गोल गरे ।



























प्रतिक्रिया लेख्नुहोस्:-