पोखरा रंगशालाभित्र यतिबेला निकै चहलपहल छ । रंगशालामा सद्यैँ खेलाडी देखि पदाधिकारीको चहलपहल भने नहुने होइन् । तर, अहिलेको चहल पहल भने अलि पृथक रहेको छ ।
रंगशाला भित्र रहेको बहुउदेश्यीय कर्भडहल भित्र झकिझकाउँ भएको छ । सफागर्नेहरु दिनदिनै सफागरिहेका छन् । कसरी हुन्छ कभर्डहल टल्काउनैमै लागि परेका छन् ।

नेपालमा फुटसलको आगमन भएको धेरै समय भएको छैन् । कुनैपनि खेल स्थापित हुन दशकौ लाग्छ । तर, मिनि फुटबलको रुपमा हेरिएको फुटसललाई लोकप्रियता हुन धेरै समयनै लागेने ।
आर्टिफिसियल इन्डोर मैदानमा फुटबलको आकार देखि मैदानसम्म सानो भएहुने खेल नेपालमा व्यवयायको रुपमा भित्रिएको हो ।
व्यवसायको रुपमा भित्रिएपनि यस्को लोकप्रियताका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) करिब ६ वर्ष अघिदेखि यस्लाई मान्यता दिएको छ ।

यद्यपी नेपालमा फुटसल भित्रिएको समयपनि करिब करिब त्यही नै । एन्फाले यस अघि पनि फुटसलको ठुलो प्रतियोगिता काठमाण्डौँमा सम्पन्न गरेको थियो ।
सामान्य रुपमा फुटसल सानातिना प्रतियोगिता भने व्यक्ति÷व्यक्तिले नै गर्दै आएको पाउँछौ । नेपालमा पनि फुटसलको लोकप्रियता बढ्दै गएपछि एन्फाले यस्लाई ठुलो प्रतियोगिताको रुपमा आयोजना गर्न लागेको छ ।
एन्फाले फुटसलको राष्ट्रिय लिग आजदेखि (शनिवार) सुरुगर्दै छ । लिगमा देशका ७ प्रदेशबाट १० टिमको सहभागिता रहेको छ । नेपालमा साढे ३ सय फुटसल एरिना रहेको एन्फाका फुटसल विभाग प्रमुख विनोद गुरुङ बताउछन् ।
तर, फुटसलकै लागि अवस्यक पर्ने मापदण्ड भने पोखरा रंगशालाको कभर्डहलमा मात्रै छ । फिफा र एएफसीको मापदण्ड अनुसारकै कभर्ड हल नेपालकै एकमात्र पोखरा रंगशालाको कभर्डहल हो ।
जहाँ राष्ट्रिय फुटसल लिगको आयोजना सुरु हुदैँ छ । कोरोना महामारीले थितोलिएको खेलकुदको क्षेत्रलाई यस्ले खुल्ला भएको संज्ञा दिएको छ ।
फुटसल आर्टिफिसियल होइन म्याटमा खेलिने खेल
मोन्टेभिडियो उरुग्वेबाट सन् १९३० मा फुटसलको सुरुवात भएको पाइन्छ । फुटसल कभर्डहलमा खेलिने खेल हो । जसमा ५÷५ जना खेलिन्छ । फुटबल जस्तै देखिने यो खेलमा खेलाडी जतिपटक पनि परिवर्तन हुन पाउँछन् । फुटसलको विश्वकप समेत आयोजना हुदैँ आइरहेको छ । फुटसलको मैदानलाई कोर्ट भनिन्छ । यस्को निकाय भनेको अन्तराष्ट्रिय फुटसल संघ (आईएफए)र अन्तराष्ट्रि फुटबल महासंघ (फिफा) हो । मैदानको न्युनतम लम्बाई २५ मिटर र चौडाई १६ मिटरको हुन्छ । भने अधिकतम ४२ मिटर लम्बाई र २५ मिटर चौडाई हुन्छ । यस्को बलको अकार ६२ देखि ६४ परिधिको हुन्छ । खेलको सुरुमा बलको तौल ४ सय देखि ४४० ग्राम सम्म भएपनि खेलको बिचमा भने ३५० देखि ३८० सम्मको हुन्छ । ३९० देखि ४९० ग्रामसम्म तौललाई उत्कृष्ट मानिन्छ । यस्को समय भने कोहिले १५ मिनेट त कोहिले २५ मिनेटसम्म खेलाउँदै आएको पाइन्छ । यो म्याममा खेलिन्छ । जहाँ पार्केटिङ गरिएको हुन्छ ।
२ टिम रेलिगेसनमा
लिगमा १० टिमको सहभागिता रहेको छ । लिग ए डिभिजन लिग हो । पहिलो पटक आयोजना गरिएको लिग २० दिनसम्म संचालन हुनेछ । राउन्डरोविन लिगका आधारमा खेलाइनेछ । जहाँबाट अन्तिम २ टिम रेलिगेसनमा पर्नेछन् । जहाँ ८ टिम ए डिभिजनका टिम हुनेछन् । एन्फाले बि डिभिजन लिग समेत सुरुगर्नेगरी योजना बनाइरहेको छ । लिगमा ढुकु फुटसल हव काठमाण्डौँ, धरानको द राइजिङ क्लब, फुटसल ५ धरान,लुम्बिनी फुटसल, झरना स्पोर्टस क्लब, संखमुल फुटसल, प्रभातफेरी युथ क्लब, स्काइ गोल्स फुटसल क्लब, सविन मेमोरियल, स्पोटर्स क्यासल सहभागी रहेका छन् ।
पोखरामा फुटबल टे«निङ संचालन गर्दै आइरहेका राजेन्द्र तामाङले लिगमा सहभागि सविन मेमोरियल क्लब सम्हालेका छन् । क्लबको मुख्य प्रशिक्षक तामाङ समेत आफूलाई फुटसल बारे त्यति ज्ञान नभएको स्विकार गर्छन् ।
‘फुटसल बारे मलाइपनि त्यति ज्ञान थिएन । तर, यो निकै हार्ड गेम रहेछ । यहाँ खेलाडीलाई रेष्ट गर्ने समयनै छैन । फुटबलमा जस्तो हुदैँन रहेछ’ उनले भने, ‘फुटसल सबैका लागि नयाँ हो । यो खेलिने मैदान नै फरक रहेछ । खेलाडीका लागि पनि नयाँ अनुभव हुने देखेको छु’
पोखराकै टिम सम्हालेका उनले अन्य प्रदेशबाट आउने खेलाडीलाई पोखरामा स्वागत गर्दै लिगमा १० टिमकै लागि मैदान नयाँ भएकाले कस्ले जित्ने भन्ने यकिन नरहेको बताए । ‘मेरो टिमपनि यही मैदानमा टे«निङ गरिहेको छ । तर,पनि हामी कन्फिडेन्ट भने छैनौँ । सबै टिमको हालत एउटै छ ।’
यस्तै द राइजिङ क्लबका मुख्य प्रशिक्षकले समेत म्याटमा खेल्नु आफूहरुको लागि नयाँ भएको बताए । उद्घाटन खेलमा काठमाण्डौँसंग भिड्न लागेको क्लबले म्याटमा प्रशिक्षण गरेको २ दिनमात्रै भएको छ ।
‘हाम्रो लागि यो नयाँ अनुभव हो । आर्टिफिसियल र म्याटमा धेरै फरक छ । खेलाडीलाई गाह्रो त हुन्छ नै’ उनले भने । ढुकु फुटसलका मुख्य प्रशिक्षक एवम् नेपाल फुटसल व्यवसायी संघका अध्यक्ष राज महर्जनले फुटसल खेल चिनाउनका लागि आफूहरु आएको बताए ।
उनले प्रतियोगितामा फुटसल कसरी खेलिन्छ भन्ने कुरा फुटसल प्रेमीहरुलाई सिकाउन लिगले ठुलो सहयोग गर्ने बताए । उनले सबैका लागि म्याटमा खेलिने फुटसल नयाँ अनुभव हुने बताए ।
लिग विजेताले नगद १० लाख रुपैँया प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले समान २५–२५ हजार रुपंैँया प्राप्त गर्नेछन् ।
असोज २ गतेदेखि २२ गतेसम्म हुने प्रतियोगिताको टिकट दर भने २ सय रुपैँया रहेको गुरुङले बताए ।




























प्रतिक्रिया लेख्नुहोस्:-