काठमाण्डौ, १७ भदौ । दशरथ रंगशालामा भएको नेपाल भारतबिचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा रोकिएको छ ।
अञ्जन विष्टको गोलसंगै नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको हो ।
विष्टले खेलको ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । चिनलेनानि सिंहको मिस ब्याकपासमा निकै चनाखोपूर्ण तरिकाले उनले गोल गरे ।
गोलरक्षक गुरुप्रित सिंह सन्धुलाई दिएको ब्याकपासमा अञ्जन हावि हुदैं गोल गरे । खेलको २४ औं मिनेटमा भारतका ब्रनडन फर्नान्डेसको कर्नर गोलरक्षक किरण चेम्जोङले बचाउ गरे । २८औं मिनेटमा पुजन उपरकोटीले फितलो प्रहार गरे ।
नेपालले गोल गरेलगत्तै भारतले गोलको प्रयास गरेपनि गोलरक्षक तथा कप्तान किरण बाधक बने । ५०औं मिनेटमा गोलरक्षक किरणले गल्ती गर्दा भारतले पाएको फ्रिकिकलाई किरणले नियन्त्रणमा लिदै बराबरी टारे ।
६०औं मिनेटमा सुनिल क्षेत्रीले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाएपनि किरणसँगै रहेका सब्सिच्युट अनिरुद थापाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।



























प्रतिक्रिया लेख्नुहोस्:-