२०८३ असार ४, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खै कोरोना ? महानगरको टिकटले खायो !

प्रशासनको अनुमति विना पोखरामा हुन्छन् कार्यक्रम !

गण्डकी प्रेस
भदौ ७, २०७८ १४:३७ मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार
खै कोरोना ? महानगरको टिकटले खायो !
27
SHARES
Share on FacebookShare on Twitter

पोखरा, ७ भदौ । कोरोना महामारीको समयमा समेत पोखरा महानगरपालिकाले टिकट काटेरै शहिद पार्क खुल्ला गरेको छ । आइतबार जनैपूर्णिमाका दिन महानगरद्दारा निर्मित राष्ट्रिय विभुति तथा शहिद पार्क खुल्ला गरिएको हो ।

टिकट काउन्टरमा बसेका केशवले आफूहरुलाई कसैले केही नभनेको बताए । उनले विहानै देखि नै पार्कमा आउनेको भीड निकै रहेको बताए ।

यस्तै संक्रमण बढिरहेको अवस्थामा शनिवार पोखरा रंगशालामा खेलकुद निकायबाट निषेधाज्ञाको उल्लङ्घन गर्दै एक कार्यक्रमको आयोजना गरिएको थियो । महानगरले टिकट काटेर कोरोनालाई निम्ता दिइरहेको देखिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, गण्डकी प्रदेश खेलकुद परिषद, कास्की जिल्ला खेलकुद विकास समिति तथा पोखरा महानगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा स्वागत, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको थियो ।

कोरोना संक्रमण दर बढ्दै गएका कारण जिल्ला प्रशासनले कार्यक्रम वा मानिस भेला हुन, भीडभाड गर्न निषेध गरिरहेको अवस्थामा प्रशासनलाई जानकारी विनानै राज्य निकायबाटै निषेधाज्ञाको उल्लङ्घन भएको हो ।
खेलकुद मन्त्रालय अन्तर्गत रहेका खेल परिषद् तथा समितिहरुले संयुक्त रुपमा पोखरामा बन्द प्रशिक्षण गरिरहेका राष्ट्रिय फुटबल टोली तथा अफिसियललाई स्वागतका साथै प्रदेश खेलकुद परिषद् उपाध्यक्ष ध्वज कुमार गुरुङ बधाई तथा शुभकामना दिएका थिए ।

यति ठुलो कार्यक्रम हुदाँ समेत जिल्ला प्रशासन कार्यालय मौन देखिएको छ । कास्कीमा निषेधाज्ञा जारी रहेपनि संक्रमणबाट जोगिन राज्य तह र सामाजिक संघसंस्थाबाटै उल्लङघन हुदैँ आएको पाइन्छ ।

सोही दिन गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समेत निषेधाज्ञाकै उल्लङ्घन गर्दै पोखरा ३३ भरतपोखरीको एक कार्यक्रममा युवाहरुलाई १५ थान भलिबल र जाली हस्तान्तरण गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले गैरजिम्मेवारी जवाफ दिदैं उम्किए । उनले पार्क खुल्ला भएको जानकारी पाउँदा समेत ‘आजलाई भयो भोली देखि बन्द गराउँला’ भन्दै तर्किए ।

उता पोखरा रंगशाला गतिविधिबारे आफूहरुलाई कुनै जानकारी नभएको बताए । ‘उहाँहरुले आफ्नै हिसावले कार्यक्रमको आयोजना गर्नुभयो होला । प्रशासनसंग समन्वय भएको छैन ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमाललाई समेत निषेधाज्ञाको समयमा टिकट काटेर पार्क खुल्ला गरेको कुरा बारम्बार जानकारी गराउँदा समेत आफूले बुझ्ने भन्दै तर्किए ।

कार्यक्रममा सहभागी राष्ट्रिय खेलकुद परिष्द सदस्य राजेश गुरुङले खासै ठुलो कार्यक्रम नभएको बताए । तर खेलकुद अन्तर्गतकै ५ समितिले संयुक्त रुपमा गरेको कार्यक्रम कसरी सानो हुन्छ ? महामारीको समयमा समेत प्रशासनको निर्देशनलाई पाखा लगाउँदै कार्यक्रम गर्दा संक्रमण बढ्ने खतरा धेरै देखिन्छ ।

परिषद्का अर्का सदस्य सम्पन्न श्रेष्ठले महामारीको समयमा कार्यक्रम गर्नुको कुनै अर्थ नरहेको बताए । ‘महामारीको समयमा देखावटी कार्यक्रम गर्न आवस्यक छैन् ।

खेलाडीका लागि प्रशिक्षण कसरी गराउने भन्ने सोच्नुपर्ने समयमा मानिस जम्मा गरेर कार्यक्रम गर्नु राम्रो होइन’ उनले भने,‘संक्रमण बढिरहेको छ । मृत्युदर पनि उत्तिकै बढेको छ ।

यस्तो बेलामा भड्किलो गरेर के हुन्छ ? उल्टै खेलाडीलाई संक्रमण बढ्ने जोखिम मात्र हो ।’ श्रेष्ठले प्रशासन भन्दा माथि उठेर कोहीपनि जान नहुने बताए ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले पोखरामा दैनिक २ सय देखि ३ सयको हारहारीमा संक्रमित बढिरहेको अवस्थामा कार्यक्रम गर्नु अनुचित रहेको बताए ।

‘पोखरा कोरोनाको केन्द्र विन्दु बन्दै गएको छ । प्रदेशभरका विरामीमात्र नभई अन्य जिल्लाका समेत आउने यहिँ हो । त्यसैलेपनि यहाँ संक्रमित ह्वात्तै बढिरहेका छन् । यस्तो समयमा कार्यक्रम हुनु राम्रो कुरा होइन’ उनले भने ।

कोरोना संक्रमण दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सवारीमा जोरविजोर प्रणाली सहित विहिवार राती १२ बजेदेखि लागु हुनेगरी एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णय अनुसार कास्की जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८, संक्रामक रोग ऐन २०२०, कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ एवम् अन्य प्रचलित कानून बमोजिम कारबाही हुने भनिएपनि कार्यान्वयन भने भएको देखिदैन ।

यद्यपी आम सर्वसाधारणलाई भने कारबाही हुने गरेको छ ।

सम्बन्धित समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न
समाचार

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का
खेलकुद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

चर्चित खबरहरु

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ