काठमाण्डौँ, २५ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना महामारीका बीचमा त्रिभुवन विश्वविद्यालयले परीक्षा नरोक्ने निर्णय गरेको असन्तुष्टि जनाएका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत कोरोना महामारीको समयमा पनि परीक्षा जारी राख्ने त्रिविको निर्णयमाथि प्रश्न उठाएका हुन् । कक्षा १२ को परीक्षा महामारीकै कारण रोकिइसकेको अवस्थामा त्रिविले परीक्षा किन नरोकेको भन्दै प्रश्न गरेका छन् ।
थापाले लेखेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन, यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ?’,
‘प्रधानमन्त्रीज्यू, कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो, कि वैकल्पिक माध्यमबाट परीक्षा संचालन गर्नुपर्यो ।’




























प्रतिक्रिया लेख्नुहोस्:-