काठमाडौं । तनहुँ, आँबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित चितवन ईच्छाकामना गाउँपालिका ५ बस्ने ३० वर्षीय तिलक गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग।२ ख ९१७ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका २ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय ६० मिलिग्रामसहित बाँके खजुरा गाउँपालिका ४ बस्ने २२ वर्षीय धिरेन्द्र बहादुर खत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका ६ आदमघाटबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५ सय ग्रामसहित गजुरी गाउँपालिका ८ चैनपुर बस्ने ५६ वर्षीया सिता देबी अधिकारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका २ मलेखुबाट अवैध लागूऔषध गाँजा १९ किलोग्रामसहित गोरखा भिमसेन थापा गाउँपालिका ३ घ्याम्पेसाल बस्ने १६ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले बा ५४ प ६९१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।






























प्रतिक्रिया लेख्नुहोस्:-