२०८३ अशोज २१, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग

गण्डकी प्रेस
अशोज ७, २०८३ १०:०५ मा प्रकाशित
प्रमुख समाचार, समाचार, साहित्य/मनोरञ्जन
कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग
4
SHARES
Share on FacebookShare on Twitter

पोखरा । चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनको १२औँ दिनसम्म आइपुग्दा निर्देशक तथा लेखक माओत्से गुरुङ आफैँ दर्शक भेट्न देश दौडाहमा निस्किएका छन्। चलचित्रका कुनै पनि कलाकारलाई साथमा नलिई उनी अहिले एक्लै ‘पेन्सन पट्टा’ को प्रमोसनल टुरमा छन्।
तनहुँको दमौलीबाट सुरु भएको माओत्सेको यात्रा चितवन, बुटवल हुँदै धरानसम्म पुगेको छ। अब उनी इटहरी, बिर्तामोड, दमक लगायतका शहरमा पुगेर चलचित्र हेर्ने दर्शक र स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिने तयारीमा छन्। दमौली, चितवन र बुटवलमा उनले हलमै पुगेर दर्शकसँग साक्षात्कार गरिसकेका छन्।

यी शहरमा ‘पेन्सन पट्टा’ प्रति दर्शकको उल्लेखनीय सहभागिता देखिएको छ। दोस्रो सातामा पनि विभिन्न हलमा चलचित्रका शो थपिएका छन्। कतिपय दर्शकले चलचित्र पाँच पटकसम्म हेरेको प्रतिक्रिया समेत पाइएको माओत्से बताउँछन्। किशोर–किशोरीदेखि वृद्धवृद्धासम्मका दर्शक चलचित्रप्रति आकर्षित भएको उनको अनुभव छ।

माओत्सेको देश दौडाहाको अर्को रोचक पक्ष भनेको हललाई कुनै पूर्वजानकारी नदिई एक्कासि पुग्नु हो। उनी हलमा पुग्दा व्यवस्थापकदेखि कर्मचारीसम्म अचम्मित हुने गरेका छन्। सामान्यतया कलाकार तथा सिनेकर्मी हल भ्रमणमा आउँदा पूर्वजानकारी हुने भए पनि माओत्से भने कुनै औपचारिक जानकारीबिना सिधै हलमा पुगेर दर्शकसँग भेटिरहेका छन्।

यसको कारणबारे माओत्से भन्छन्, “म आफूलाई सामान्य मान्छे ठान्छु। त्यसैले दर्शकसँग भेट्न कुनै ठूलो तयारी र औपचारिकता आवश्यक ठानिनँ। हलमा पुग्ने, दर्शक भेट्ने र उनीहरूको प्रतिक्रिया सुन्ने हो। हललाई अगाडि नै जानकारी गराउँदा पनि के फरक पर्छ र?”

उनका अनुसार चलचित्र चलाउन कलाकारको ठूलो टोली लिएर देश दौडाहमा निस्कनुपर्छ भन्ने सोचबाट आफू टाढा छन्। ‘पेन्सन पट्टा’ ले दर्शकको साथ पाएपछि सामाजिक सञ्जालमा आएका प्रतिक्रिया र दर्शककै आग्रहका आधारमा आफू देश दौडाहमा निस्किएको उनको भनाइ छ।

“चलचित्र रिलिजअघि कलाकार बोकेर प्रचारमा हिँड्नेभन्दा चलचित्र रिलिज भएपछि दर्शकले के भनिरहेका छन्, कहाँबाट बोलाइरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण लाग्यो। सामाजिक सञ्जालमा दर्शकका प्रतिक्रिया आउन थाले, विभिन्न ठाउँबाट भेट्न आउन आग्रह हुन थाल्यो। त्यसपछि एक्लै हिँड्ने निर्णय गरेँ,” माओत्सेले भने।

माओत्सेका अनुसार दर्शकसँग प्रत्यक्ष भेट्दा सामाजिक सञ्जालमा आउने प्रतिक्रियाभन्दा फरक अनुभूति हुन्छ। हलमा बसेर चलचित्र हेरेर बाहिर निस्किएका दर्शकले कथाका पात्र, सम्बन्ध, परिवार र चलचित्रले उठाएका विषयबारे गर्ने प्रत्यक्ष प्रतिक्रिया आफूका लागि महत्वपूर्ण रहेको उनी बताउँछन्।

‘पेन्सन पट्टा’ ले प्रदर्शनको १२औँ दिनसम्म देशभरबाट दर्शकको राम्रो साथ पाइरहेको छ। दोस्रो सातामा पनि विभिन्न शहरका हलमा शो थपिनु, दर्शक दोहोरिएर चलचित्र हेर्न पुग्नु र किशोरदेखि वृद्ध पुस्तासम्मका दर्शकको सहभागिता देखिनुले चलचित्रप्रतिको दर्शक आकर्षणलाई थप बल दिएको छ।

कलाकारको ठूलो टोलीभन्दा निर्देशक आफैँ दर्शकको बीचमा पुगेर चलचित्रको प्रतिक्रिया सुन्ने शैली अहिले ‘पेन्सन पट्टा’ को प्रमोसनल यात्राको फरक दृश्य बनेको छ ।

सम्बन्धित समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
प्रमुख समाचार

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक
अर्थ

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण
राजनिती

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

पहिरोले विधालय भवन जोखिममा

पहिरोले विधालय भवन जोखिममा

खैरो हिरोइनसहित २ पक्राउ

खैरो हिरोइनसहित २ पक्राउ

चर्चित खबरहरु

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

बहुदलीय व्यवस्था र बालेनहरु

बहुदलीय व्यवस्था र बालेनहरु

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन