२०८३ अशोज २१, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

गण्डकी प्रेस
अशोज ६, २०८३ २१:०३ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग
7
SHARES
Share on FacebookShare on Twitter


पोखरा – रसुवा–भोटेकोसी क्षेत्रमा आएको बाढी तथा विपद् प्रभावित नागरिकहरु को राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराले २४ लाख ३३ हजार ९ सय ५२ रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

नेपालका विभिन्न स्थानमा रहेका भारतीय भूतपूर्व सैनिकहरूले विपद्को समयमा गर्दै आएको सहयोग अभियानअन्तर्गत हालसम्म २ करोड रुपैयाँभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिसकेको जनाइएको छ। सोही अभियानलाई निरन्तरता दिँदै पोखरामा रहेका भारतीय भूतपूर्व सैनिकहरूले समेत रकम संकलन गरी कोषमा जम्मा गरेका हुन्।

भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराका अध्यक्ष कर्नेल कृष्णबहादुर खत्रीको संयोजनमा पोखरामा रहेका विभिन्न पल्टन को अध्यक्ष तथा प्रतिनिधिहरूसँग छलफल गरी राहत संकलन अभियान सञ्चालन गरिएको थियो। अभियानमा सहभागी भारतीय भूतपूर्व सैनिकहरूले आफ्ना पल्टनका सदस्य, परिवारजन तथा शुभेच्छुकमार्फत सहयोग जुटाएका थिए।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेपछि त्यसको पूर्ण विवरणसहित कास्की जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने उद्देश्यले आज औपचारिक कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कुन–कुन संस्था तथा व्यक्तिबाट कति रकम संकलन भएको हो भन्ने विवरणसमेत सम्बन्धित निकायलाई उपलब्ध गराइएको जनाइएको छ।

अध्यक्ष कर्नेल खत्रीले देशमा विपद् परेको समयमा भारतीय भूतपूर्व सैनिकहरू एकजुट भएर सरकार र नागरिकसँग हातेमालो गर्न सधैँ तयार रहेको बताउनुभयो। आफ्ना तर्फबाट गरिएको सहयोगले विपद् प्रभावित नागरिकहरु को राहत तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “देशलाई अप्ठ्यारो परेको समयमा हामी भारतीय भूतपूर्व सैनिकहरू एकजुट भएर सहयोग गर्न सधैँ तत्पर छौँ। हाम्रो सानो योगदानले पनि विपद् प्रभावित नागरिकको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो।”

भारतीय भूतपूर्व सैनिकहरू विभिन्न संस्थामार्फत सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका छन्। आगामी दिनमा पनि देश तथा समाजलाई आवश्यक परेको अवस्थामा एकजुट भएर सहयोग गर्ने र सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता उनीहरूले जनाएका छन्।

विपद् राहतमा मात्र सीमित नभई शिक्षा, स्वास्थ्य, मानवीय सेवा तथा अन्य सामाजिक क्षेत्रमा समेत आफ्नो क्षमता र स्रोतअनुसार योगदान गर्दै आएको बताउँदै भूतपूर्व सैनिकहरूले देशको सकारात्मक परिवर्तनका लागि सामूहिक रूपमा अघि बढ्ने बताएका छन्।

यसैबीच, रसुवा–भोटेकोसी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराले श्रद्धाञ्जली व्यक्त गरेको छ। प्रभावित परिवारप्रति समवेदना प्रकट गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यका लागि आफूहरू सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रकाश कुमार श्रेष्ठ,

सम्बन्धित समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक
अर्थ

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी
प्रमुख समाचार

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित
प्रमुख समाचार

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण
राजनिती

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी
राजनिती

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

पहिरोले विधालय भवन जोखिममा

पहिरोले विधालय भवन जोखिममा

खैरो हिरोइनसहित २ पक्राउ

खैरो हिरोइनसहित २ पक्राउ

चर्चित खबरहरु

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन