२०८३ भदौ १९, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

गण्डकी प्रेस
भदौ १९, २०८३ २१:०२ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार
0
SHARES
Share on FacebookShare on Twitter

पोखरा — त्रिशूली नदी आसपासका प्रभावित क्षेत्रमा नेपाली सेनासहितका सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएका छन् । भदौ १९ गते साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई माध्यमबाट ५८ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार नेपाली सेनाका सात र गैरसैनिकतर्फका ६ वटा हवाई साधन परिचालन गरी उद्धार गरिएको हो ।

त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका क्रममा दुई जनालाई जीवितै उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोलीले उनीहरूलाई उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौंस्थित वीरेन्द्र अस्पताल छाउनी ल्याएको हो । दुवैको उपचार भइरहेको सेनाले जनाएको छ ।

खोजीका क्रममा उक्त सुरुङबाट एक शवसमेत निकालिएको छ । सुरुङभित्र अझै खोज तथा उद्धार कार्य जारी रहेको छ ।

त्रिशूली–३ बी जलविद्युत् आयोजनामा पनि नेपाली सेना, गैरसैनिक जनशक्ति तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोली परिचालन गरिएको छ । कार्यालय तथा आवास रहेको क्षेत्रमा करिब १५ फिट गहिरो खाडल खनेर खोजी गरिए पनि हालसम्म केही फेला परेको छैन । त्रिशूली–३ ए सँग ‘लिङ्कअप’ गराउन एक्स्काभेटर प्रयोग गरी करिब ७ सय मिटर बाटो सफा गरिएको छ ।

लाङटाङ हाइड्रोपावरको सुरुङभित्र खोजीका क्रममा दुई शव फेला परेका छन् । नेपाली सेना र गैरसैनिक जनशक्तिसहितको संयुक्त टोलीले सुरुङभित्र प्रवेश गरी शव फेला पारेको हो । त्यहाँ थप खोजी भइरहेको छ ।

चिलिमे हाइड्रोपावरमा भने विदेशी प्राविधिकसहितको संयुक्त टोलीले जेनेरेटर र ‘मड पम्प’ प्रयोग गरेर सुरुङभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ । टोली करिब १ सय मिटरभित्रसम्म पुगेको सेनाले जनाएको छ ।

माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा पनि नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको टोलीले र्‍याफ्ट र बोट प्रयोग गरेर खोजी गरिरहेको छ । सुरुङभित्र जम्मा भएको पानी बाहिर निकाल्ने कामसमेत भइरहेको छ ।

यसैबीच, देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जना खटिएका छन् । टोलीले पुल जडानका लागि आधार निर्माणको काम गरिरहेको छ । गजुरीमा रहेको ‘एक्रो ब्रिज’ का केही सामग्री त्रिशूली पुर्‍याइसकिएको र थप सामग्री ढुवानी भइरहेको सेनाले जनाएको छ ।

प्रभावित क्षेत्रमा जमिनबाट समेत खोज तथा उद्धार कार्य जारी छ । जंगल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गर्दै स्थानीयलाई सुरक्षा प्रत्याभूति दिलाउने तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने काम भइरहेको छ ।

सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजार ३ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन् । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीका बेपत्ताको शव पहिचान गर्न कास्कीमै डीएनए नमुना संकलन
प्रमुख समाचार

रसुवा बाढीका बेपत्ताको शव पहिचान गर्न कास्कीमै डीएनए नमुना संकलन

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’
प्रमुख समाचार

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन
प्रमुख समाचार

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन
प्रमुख समाचार

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी
प्रमुख समाचार

त्रिशूली थ्री ए सुरुङ भित्रबाट एक जनाको जीवितै उद्धार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी
प्रमुख समाचार

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

रसुवा बाढीका बेपत्ताको शव पहिचान गर्न कास्कीमै डीएनए नमुना संकलन

रसुवा बाढीका बेपत्ताको शव पहिचान गर्न कास्कीमै डीएनए नमुना संकलन

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

त्रिशूली थ्री ए सुरुङ भित्रबाट एक जनाको जीवितै उद्धार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

चर्चित खबरहरु

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

नेपालका सात संविधान र परिवर्तन

नेपालका सात संविधान र परिवर्तन

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला