पोखरा / काठमाडौं महानगरपालिकाको चाबहिल, गौशाला तथा तिलगंगा इलाकामा लुटपाट गर्ने र अशान्ति मच्चाउने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घुम्न आएका पर्यटक र स्थानीयलाई जबरजस्ती गर्दै लुटपाट गर्ने , दुख दिने र अभद्र व्यवहार गर्ने १२ जना पक्राउ परेका हुन ।
नुवाकोट जिल्ला विदुर नगरपालिका १३ बस्ने २८ वर्षे अमृत खड्का, पर्सा जिल्ला बहुदरमाई नगरपालिका विश्रामपुर बस्ने वर्ष १९ का अकलेश साह, पर्सा बहुदरमाई नगरपालिका विश्रामपुर बस्ने वर्ष ३१ का दिनेश पटेल, काभ्रेपलान्चोक रोशी गाउँपालिका ६ बस्ने वर्ष १९ का सुजन तामाङ, रोल्पा माडी गाउँपालिका ५ बस्ने वर्ष २२ को प्रविन ओली र सोहि स्थानका पाँचखाल नगरपालिका ७ बस्ने वर्ष १९ का रोजन तामाङलाई पक्राउ गरेको हो ।
यस्तै कञ्चनपुर कृष्णपुर नगरपालिका ६ बस्ने वर्ष २१ को जितेन्द्र सिंह वि.क., धनकुटा नगरपालिका ३ कागते बस्ने वर्ष २५ को रोशनी राई, झापा, भद्रपुर नगरपालिका ९ बस्ने वर्ष २६ को तिर्थ राजवंशी, उदयपुर त्रियुगा नगरपालिका ९ बस्ने रचना मगर, सुर्खेत, चौकुने गाउँपालिका ८ बस्ने वर्ष २१ की जेनिसा थापा र झापा काकडभिट्टा नगरपालिका ३ बस्ने वर्ष ३० की संगिता तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।




























प्रतिक्रिया लेख्नुहोस्:-