२०८३ अशोज २५, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लेखनाथ महोत्सव ः सुन्तलाबाट सुरु भएको यात्रा कृषि बहस र समृद्धितर्फ

गण्डकी प्रेस
पुस ७, २०८२ २१:२७ मा प्रकाशित
अर्थ, पर्यटन, समाचार
लेखनाथ महोत्सव ः सुन्तलाबाट सुरु भएको यात्रा कृषि बहस र समृद्धितर्फ
8
SHARES
Share on FacebookShare on Twitter

लेखनाथ, ७ पुस । लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव हाल एक्काइसौँ संस्करणमा आइपुग्दा केवल उत्सव मात्र नभई कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थापित भएको छ ।

२०६१ सालमा ‘सुन्तला महोत्सव’ का रूपमा सुरु भएको यो कार्यक्रम आज व्यापक स्वरूपमा विस्तार हुँदै स्थानीय समृद्धिको आधार बनेको छ ।

हाल लेखनाथमा जारी एक्काइसौँ संस्करणको लेखनाथ महोत्सवले स्थानीय व्यापार व्यवसायलाई उल्लेखनीय रूपमा चलायमान बनाएको छ ।

महोत्सवको पाँचौँ दिन सोमबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित कृषि बहस कार्यक्रमले कृषक, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको छ ।

सुन्तलाबाट महोत्सवसम्मको यात्रा सुरुआती दिनमा सुन्तला उत्पादन र बजारीकरणलाई केन्द्रमा राखेर सुरु गरिएको महोत्सव समयक्रमसँगै स्थानीय संस्कृति, कला, कृषि र उद्योगको प्रवद्र्धनमा केन्द्रित हुँदै आएको छ।

महोत्सवले विभिन्न राजनीतिक, सामाजिक र आर्थिक उतार–चढाव पार गर्दै २०८२ सालसम्म आइपुग्दा २१औँ संस्करण सफलतापूर्वक सञ्चालन गरिरहेको छ ।

महोत्सव आयोजक संस्थाका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईका अनुसार हालसम्म लेखनाथ महोत्सवमार्फत करिब डेढ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ ।

साथै, २१औँ संस्करणसम्म आइपुग्दा करिब ४० लाख दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरिसकेका छन्। उनका अनुसार महोत्सवले स्थानीय बजारलाई चलायमान बनाउँदै साना तथा मझौला व्यवसायीलाई प्रत्यक्ष लाभ पु¥याएको छ ।

कृषि बहस ः अनुभव, चुनौती र नीति सोमबार आयोजित कृषि बहस कार्यक्रममा विभिन्न कृषि क्षेत्रका प्रतिनिधिहरूले आफ्ना अनुभव र सफलताका कथा प्रस्तुत गरेका थिए ।

माछापालक कृषक यज्ञप्रसाद आचार्यले व्यावसायिक माछापालन सुरु गर्दा भोग्नुपरेका चुनौती, बजार व्यवस्थापन र प्रविधिको महत्वबारे चर्चा गरे।

अलैंची खेती गरिरहेका कृषक सुरेन्द्रजङ्ग क्षत्रीले नगदे बालीका रूपमा अलैंची खेतीले ग्रामीण अर्थतन्त्रमा ल्याएको परिवर्तन र जोखिमबारे अनुभव सुनाए ।

त्यसैगरी, पोल्ट्री व्यवसायी बाबुराम गिर ले व्यवसायिक पोल्ट्री खेतीका उतार–चढाव, रोग व्यवस्थापन र बजार प्रतिस्पर्धाबारे धारणा राखे ।

कार्यक्रममा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले कृषि मन्त्रालयका नीतिगत कार्यक्रम, अनुदान, प्रविधि हस्तान्तरण र कृषक लक्षित सहयोग योजनाबारे जानकारी गराउँदै सरकार र कृषकबीच सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रमको सहजीकरण पत्रकार सुरेन्द्र पौडेलले गरेका थिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न कृषक तथा सर्वसाधारण दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

संस्कृति र साहित्यसँग जोडिएको महोत्सव कृषि र व्यापारसँगै लेखनाथ महोत्सव सांस्कृतिक तथा साहित्यिक गतिविधिको केन्द्र पनि बनेको छ । सोमबारका लागि तय गरिएका रत्यौली, विद्यालयस्तरीय सांस्कृतिक प्रस्तुति, नृत्य, लोकदोहोरी, सुगम संगीत तथा गायन कार्यक्रमहरू तालिकाअनुसार सञ्चालन भइरहेका छन् ।

कवि शिरोमणि लेखनाथ पौड्यालको योगदानलाई स्मरण गर्दै आयोजना गरिएको साहित्यिक कार्यक्रममा दर्शक सहभागितामूलक प्रश्नोत्तर कार्यक्रम सुरु गरिएको छ । साहित्यिक कार्यक्रमका संयोजक कृष्णप्रसाद ढुङ्गानाका अनुसार कवि लेखनाथ पौड्यालको जीवनी तथा कृतिबाट २१ प्रश्न सोधिने र सही उत्तर दिने प्रत्येक विजेतालाई एक हजार पाँच रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

यस वर्ष कवि शिरोमणि लेखनाथ पौड्यालसम्बन्धी विषयमा विद्यावारिधि गरेका डा. बोधराज ढकाल लाई विशेष अभिनन्दन गर्ने कार्यक्रम पनि महोत्सवको महत्वपूर्ण आकर्षणका रूपमा रहेको छ ।

दर्शक र आर्थिक कारोबारमा वृद्धि भएको प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार सोमबार मात्र २८ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । सोही दिन १ करोड १० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको उनले जानकारी दिए । महोत्सवका आगामी दिनमा दर्शक संख्या र कारोबार अझै बढ्ने अपेक्षा गरिएको छ ।

समृद्धिको आधार बन्दै लेखनाथ महोत्सव स्थानीय उत्पादनको बजारीकरण, साना व्यवसाय प्रवद्र्धन, कृषकको हौसला र सांस्कृतिक पहिचान जोगाउन लेखनाथ महोत्सव प्रभावकारी माध्यम बन्दै गएको छ। अझै केही दिन सञ्चालन हुने महोत्सवले स्थानीय अर्थतन्त्रमा थप सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड
अर्थ

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान
प्रमुख समाचार

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन
प्रमुख समाचार

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ
अपराध

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

चर्चित खबरहरु

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता