२०८२ कार्तिक १९, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यी हुन् वर्ष २०८१ का प्रमुख घटना

गण्डकी प्रेस
चैत्र ३०, २०८१ ११:२७ मा प्रकाशित
अपराध, प्रमुख समाचार, राजनिती, शिक्षा/स्वास्थ्य, समाचार, समाज, साहित्य/मनोरञ्जन
ज्ञानेन्द्रको स्वागतमा पुगेकाले लगाए प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक नारा
12
SHARES
Share on FacebookShare on Twitter


काठमाडौं, ३० चैत । अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो ।

मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्तित बने । वर्ष २०८१ मा भएका विभिन्न प्रमुख घटना यसप्रकार छन् स्

राजनीतिक घटनाक्रम

वैशाख १७ गते– बझाङ जिल्लाको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का दमनबहादुर भण्डारी विजयी ।
वैशाख १८ गते– इलाम निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी ।
वैशाख २७ गते– नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त ।
जेठ ४ गते– सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति ।
जेठ ७ गते– प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत ।
जेठ १४ गते– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मत असंवैधानिक गर्दै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश ।
जेठ २३ गते– मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव विश्वासको मत पाउन असफल ।
जेठ २५ गते– मधेस प्रदेशका मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त ।
असार १९ गते– सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले)द्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता ।
असार २० गते– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल पुनः सर्वसम्मत चयन ।
असार २२ गते– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत प्राप्त ।
असार २८ गते– विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त ।
असार ३० गते– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त ।
साउन ६ गते– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त ।
साउन ८ गते– बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा (तामाङ) नियुक्त ।
साउन २० गते– नेपाली कांग्रेसका कमलबहादुर शाह दोस्रो पटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त ।
भदौ ३१ गते– संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस ।
पुस ८ गते– प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन ।
चैत ५ गते– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन ।
चैत १५ गते– पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु, घाइते, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड, जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा कर्फ्यू आदेश ।
चैत २० गते– नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन सुरू ।

कूटनीति

वैशाख ११ गते– कतारका अमिर शेख तमिम विन हमाद अल थानीबाट नेपालको राजकीय भ्रमण ।
जेठ २७ गते– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी ।
जेठ २९ गते– राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक विदेश भ्रमणका क्रममा जेनेभा प्रस्थान ।
असार १ गते– राष्ट्रपति रामचन्द्र पौडेल जर्मनी भ्रमणमा ।
भदौ १० गते– ओमानका विदेशमन्त्री सैयद बद्रविन हमाद विन हमुद अबुसैदी नेपाल भ्रमणमा ।
असोज ४ गते– प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा सहभागी हुन न्यूयोर्क प्रस्थान ।
कात्तिक २५ गते– राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घ सम्मेनल (कोप २९) मा नेपालको प्रतिनिधित्व गर्दै अजरवैजान प्रस्थान ।
मङ्सिर १६ गते– प्रधामन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि प्रस्थान ।
चैत १९ गते– प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान, भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता ।

अपराध

वैशाख १३ गते– रौतहट जिल्ला अदालतद्वारा पूर्वमन्त्री अफताव आलमसहित चार जनालाई जन्मकैद ।
वैशाख २७ गते– केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)द्वारा काठमाडौंको नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को जग्गा दुरूपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरूद्ध पक्राउ पूर्जी जारी ।
जेठ २ गते– राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनद्वारा सफाइ ।
कात्तिक २ गते– पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ ।
कात्तिक २० गते– गण्डकी प्रदेशसभाका सदस्य ‘दीपक मनाङे’ भनिने राजीव गुरूङलाई ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पाँच वर्ष कैद सजाय ।
चैत ५ गते– काठमाडौंको टोखाबाट करिब रू २५ करोड बराबरको विदेशी मुद्रा बरामद ।
चैत २९ गते– काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शनलगत्तै फरार भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई झापाबाट पक्राउ ।

पूर्वाधार निर्माण

वैशाख ३ गते– नागढुङ्गा–सिस्नेखोला सुरूङमार्ग आयोजनाअन्तर्गत सुरूङमार्ग छिचोलियो ।
माघ १३ गते– राष्ट्रिय गौरवको सिद्धबाबा सुरूङमार्गको सुरूङ सात महिनामै छिचोलियो ।

आर्थिक गतिविधि

वैशाख १५ गते– काठमाडौंमा तेस्रो लगानी सम्मेलन, ५२ देशका लगानीकर्ता नेपालमा ।
जेठ १५ गते– सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गर्दै रू १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत
माघ १४ गते– अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत नेपाललाई प्राप्त अनुदान ९० दिनका लागि स्थगित ।
चैत ९ गते– एमसिसी परियोजना अघि बढाउने अमेरिकी सरकारको प्रतिबद्धता ।

खेलकुद र पर्वतारोहण

जेठ ९ गते– कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा ३० औँ पटक सगरमाथा शिखरमा ।
जेठ १९ देखि असार १५ गते – संयुक्तराज्य अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आइसिसी मेन्स टी–२० क्रिकेट विश्वकपमा नेपाल सहभागी । नेपाल लिग चरणबाट बिदा भए पनि प्रभावशाली खेल प्रदर्शन ।
पुस ६ गते– जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन ।

विविध

असार ९ गते– अख्तियार दुरूपयोग अनुसन्धन आयोगद्वारा मुख्यसचिव डा। वैकुण्ठ अर्यालविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर । वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी ।
साउन ३० गते– बेपत्ता पारिएका व्यक्तिको खोजविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित ।
भदौ १३ गते– मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त ।
कात्तिक १४ गते– तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई विशेष अदालतद्वारा सफाइ ।
मङ्सिर २ गते– पूर्वसभामुख दमनाथ ढुङ्गानाको निधन ।
मङ्सिर ६ गते– राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय सेनाका स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान ।
मङ्सिर २० गते– विशेष अदालतद्वारा नेपाल वायु सेवा निगमको खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना दोषी ठहर ।
फागुन ३ गते– संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वरत मुलुक लेबनानमा खटिएको नेपाली शान्ति सैनिकमाथि आक्रमण ।
– पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्कँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते ।
फागुन ४ गते– भारतको उडिसा भुवनेश्वरमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद ढङ्गबाट मृत्यु ।
फागुन २९ गते– साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ।
चैत १ गते– उपभोक्ता अदालत गठन ।
चैत ४ गते– नेपाल प्रहरीको महानिरीक्षकमा दिपक थापा नियुक्त ।
चैत ९ गते– राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार माधवरसिंह बस्नेतको निधन ।
चैत ११ गते– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त ।
चैत १७ गते– लेखक, कूटनीतिज्ञ एवं वरिष्ठ पत्रकार कमलप्रसाद कोइरालाको निधन ।
चैत २४ गते– राष्ट्रिय समाचार समितिका पूर्व प्रमुख समाचारदाता एवं वरिष्ठ पत्रकार भैरव रिसालको निधन ।

घटना–दुर्घटना

असार १७ गते– रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु ।
असार २८ गते– नारायणगढ–मुग्लिन खण्डअन्तर्गत सिमलतालमा पहिरो जाँदा ६२ जना यात्रु बोकेका दुई वटा बस त्रिशूली नदीमा बेपत्ता ।
साउन ९ गते– काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु ।
साउन २३ गते– काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही क्षणमै एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु ।
भदौ ३ गते– बझाङ, जाजरकोट र स्याङ्जामा पहिरोमा परी आठको मृत्यु ।
भदौ ७ गते– भारतीय पर्यटक सवार बस पृथ्वी राजमार्गको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ को मृत्यु, १६ घाइते ।
भदौ ९ गते– रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३, टोकरपुरस्थित लेकखर्कमा पहिरोले वस्ती बगाउँदा छ जनाको मृत्यु ।
असोज १२ गते– अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी ९० जनाको मृत्यु, ७२ घाइते ।
असोज १३ गते– दुई दिनदेखिको वर्षाका कारण काठमाडौँ आउँदै गरेका दुई वटा माइक्रो बस र एउटा बस झ्याप्ले खोलाको पहिरोमा पुरिँदा ३५ जनाको मृत्यु ।
असोज १७ गते– काभ्रेको तेमाल गाउँपालिका–२ ढडेन पाखामा गएको पहिरोमा परी एकै परिवारका छ जनाको मृत्यु ।
असोज ३० गते– महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीतर्फ गएको रात्रिबस दुर्घटनामा पाँचको मृत्यु, १२ घाइते ।
मङ्सिर १४ गते– रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ मा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु ।
माघ २६ गते– सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी ।

सम्बन्धित समाचार

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न
समाचार

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै
प्रमुख समाचार

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

सवारी दुर्घटनामा चार जनाको मृत्यु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?
अर्थ

सुनको भाउ तोलामा ११ हजार ६ सय घट्याे

स्याङजामा होटलबाट १२ जुवाडे पक्राउ, १ लाख ७६ हजार बरामद
प्रमुख समाचार

जुवातास खेलिरहेको अवस्थामा ४० जना पक्राउ

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न
प्रमुख समाचार

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?

सुनको भाउ तोलामा ११ हजार ६ सय घट्याे

स्याङजामा होटलबाट १२ जुवाडे पक्राउ, १ लाख ७६ हजार बरामद

जुवातास खेलिरहेको अवस्थामा ४० जना पक्राउ

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

चर्चित खबरहरु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

लेटर प्याड दुरुपयोग गर्नेलाई कार्वाही

लेटर प्याड दुरुपयोग गर्नेलाई कार्वाही

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

प्रधानमन्त्री ओलीले आफूले नेता नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको दाबी

अदालतले गरेको फैसलाको पालना गर्ने ; ओली