चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले आमरण अनशन तोडेका छन् ।
डा. केसीले ७२ घण्टापछि सोमबार साँझ धनगढी उपमहानगरपालिका–१ की अञ्जली नेपाली र धनगढी उपमहानगरपालिका ७ की रेनुका चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।
डा. केसीले २९ मंसिरको साँझ ५ बजेदेखि धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका थिए । अनशन तोडेपछि डा. केसी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुँदैछन् ।
डा। केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउनुपर्ने माग अघि सारेका थिए । आफूसँग यसअघि भएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने पनि डा. केसीको माग थियो ।





























प्रतिक्रिया लेख्नुहोस्:-