पाेखरा । पर्वतमा जलजला गाउँपालिका ४ का कमल बाेहाेरालाइ उपचारको लागी आर्थिक सहयोग उठाउने अभियान सुरु भएको छ । विगत एक महिना अघिबाट उनी बिस्तारमा रहेका छन् ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
हप्तामा २ पटक उनीले डायलिसिस गर्दै आएका छन् । आर्थिक अभाव भएपछि उनको उपचार नरोकिनको लागी सहयोग जुटाएको कमलका साथी दीपक अधिकारीले जानकारी दिए ।
विदेशमा रहेका गङ्गा हमालले १० हजार, राम विकले १३ हजार ७ सय २३, ज्ञान पौडेलले ५ हजार, प्रकाश केसी र दिपेन खत्रीले ८ हजार, विशाल जिसीले ५ हजार र दीपक अधिकारीले ३ हजार २ सय ७७ रुपैयाँ गरेर ४५ हजार आर्थिक सहयोग गरेका छन् ।
उनी आफै बिरामी भएपछि परिवार चलाउन पनि समस्या आएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-