देशभर डेंगुका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार चार हजार दुई सय ८९ जना डेंगुका बिरामी भएका छन् ।
महाशाखाका अनुसार असार ३० गते दुई हजार नौ सय ३० जनामा डेंगुको संक्रमण भएको थियो । कोशी प्रदेशमा दुई हजार सात सय ५४, बागमती प्रदेशमा सात सय ७६, गण्डकी प्रदेशमा तीन सय ४४, सुदूरपश्चिम प्रदेशमा तीन सय १६, लुम्बिनी प्रदेशमा एक सय ६६, मधेस प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा २० जनामा डेंगुका बिरामी रहेका छन् ।
लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा संक्रमण दैनिक बढिरहेको छ । डेंगु संक्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन् । ती १० जिल्लामा मात्र तीन हजार छ सय ७१ बिरामी रहेका छन् ।
सुनसरीमा दुई हजार पाँच सय ४२, धादिङ चार सय एक, कास्कीमा दुई सय पाँच, दार्चुलामा एक सय ९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दीमा ५४, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५ र मोरङमा जना ३८ बिरामी छन् ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंग रोग लाग्छ ।

























प्रतिक्रिया लेख्नुहोस्:-