पाेखरा । पोखरा रंगशालामा प्रशिक्षणको नाममा ठगी धन्दा हुँदै आएको खुलेको छ ।
रंगशाला भित्र खेल संघले नभइ व्यक्ति मार्फत मनलाग्दी रकम असुल्ने गरेको खेलेको हो । लामो समयदेखी व्यक्तिले रंगशालामा प्रशिक्षण गराउदै संस्थाको नाम लिने र अवैध तरिकाले रकम उठाउदै आएको स्रोतले बताएको छ । स्रोतका अनुसार रंगशालामा स्वयंसेवक प्रशिक्षकको बहानामा खेलाडीबाट मोटो रकम उठाउने गरेको छ । `यहाँ निशुल्क प्रशिक्षण गराउनेले ठाउँ नै पाउदैन तर अवैध रुपले रकम उठाउनेले जुन भन्यो त्यहि ठाउँ पाउछन् ´ स्रोतले भने, ` रंगशालाको व्यतिथी भनी साध्य छैन । खेलकुदको नाममा लुट्नु सम्म लुटेका छन् ।
रंगशालाको व्यतिथिको बारेमा अख्तियार कार्यालयमा उजुरी समेत परेको छ ।
खेलकुद विकास ऎनले खेल संघ विधिवत् रुपमा दर्ता हुनुपर्ने बताएपनी रंगशालामा भने संघ देखाउदै व्यक्तिले राकम कुम्ल्याउने गरेका छन । अख्तियार कार्यालयले अनियमितता भएको भन्दै त्यस्को कास्की जिल्ला खेलकुद संघ संग लिखित जवाफ समेत मागेको छ । अख्तियार कार्यालयले पत्र गरेपछी रंगशालाका ठेकेदारहरु तनाबमा छन ।
कास्की जिल्ला खेलकुद विकास समितिले दर्जन बढी खेल संघसंग लिखित जवाफ समेत मागेको स्रोतले बताए ।
कास्की जिल्ला खेलकुद संघले खेलाडिबाट असुल्ने गरेको रकम
जिल्ला खेलकुदले काटेको पत्रमा लेखिएको छ, `उपरोक्त सम्बन्धमा यस समिति अन्तर्गत रहेको पोखरा रंगशालामा संचालन हुदै आएका खेल प्रशिक्षण कार्यहरुबाट नियम विपरित खेलाडीहरुबाट अनाधिकृत रुपमा रकम असुल्ने गरेको, आर्थिक कारोबार गर्दा प्रचलित कानून विपरित हुने गरेको, विना निर्णय, विना बिल कारोबार हुने गरेको हिसाव किताव पार्दर्शी नगरेको भन्ने उजुरीका आधारमा जवाफ पेश गर्नु पर्ने भएको हुँदा त्यस संघबाट खेलाडीहरु प्रशिक्षण गर्दै गराउदै गर्दा खेलाडी भर्ना हुँदा र मासीक शुल्क लिदा के कसरी लिने गरिएको छ ? संघ दर्ता वा आर्थिक कारोबारको लेखा परिक्षण भएको छ छैन ? पान नं. लिएको छ छैन ? राज्यलाई तिर्नु पर्ने कर तिरेको छ छैन ? उपरोक्त विवरण ५ (पाच) दिन भित्र पुष्टि हुने गरि विवरण उपलब्ध गराई दिन हुन अनुरोध
छ ।´
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
























प्रतिक्रिया लेख्नुहोस्:-