सरकारले वैकल्पिक ऊर्जा विकासका लागि १ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा।प्रकाशशरण महतले वैकल्पिक उर्जा विकासमा सो रकम बिनियोजन गरिएको जानकारी दिएका हुन्।
बजेटमा बायो ग्यास, सौर्य ऊर्जा, विद्युतीय चुलो लगायतका बैकल्पिक ऊर्जा प्रवधर्नका लागि १ अर्ब ७४ करोड बजेट विनियोजन गर्दै वैकल्पिक ऊर्जाको प्रयोग बढाउन प्रोत्साहन गरिने उल्लेख गरिएको हो।
प्रतिक्रिया लेख्नुहोस्:-