पोखरा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले संगठन बिस्तार कार्याक्रम गर्ने भएको छ ।
मंसिर २५ देखी जेठ २५ गते सम्म संठन विस्तारलाई तिव्रता दिने माओवदीका महासचिव गौरव पुनले जानकारी दिए । पुनका अनुसार पहिलो चरणमा २ सय ५० जना पार्टी प्रवेश गर्नेछन् । जनताको जनपक्ष अधिकारमा जोड दिदै पार्टी अघि बढेको उनले जानकारी दिए ।
यस भन्दा अघि माओवादीले चर्चाको विषय बनेको एमसिसि परियोजनाको बिरोध, पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धि गरेको भन्दै मुल्य वृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द आह्वान गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-