पोखरा– प्रतिनिधि सभा कास्की क्षेत्र नम्बरमा १ मतगणनाका क्रममा बढी मत देखिएपछि मतगणना कार्य स्थगित भएको छ।
प्रदेश सभाको १ सय मतपत्र प्रतिनिधी सभाको मत पेटीकामा भेटिएको हो । प्रदेश सभा र प्रतिनिधी सभाको मत पत्रमा चिन्ह फरक हुने भएको कारण गणना रोकिएको हो ।
सो क्षेत्रमा नेकपा एमालेबाट मनबहादुर गुरुङ र नेपाली कांग्रेसबाट किशोरदत्त बरालले उम्मेदवारी दिएका थिए। मतगणनाका क्रममा एमालेका गुरुङको अग्रता थियो।
प्रतिक्रिया लेख्नुहोस्:-