कतारमा जारी फिफा विश्वकप फुटबलमा मंगलबार ४ खेलहरू हुँदै छन्। कतार विश्वकपमा मंगलबार समूह ‘सी’ र समूह ‘डी’ का २/२ खेल हुँदैछन्।

उपाधि दाबेदार अर्जेन्टिनाले पहिलो खेलमा एसियन प्रतिद्धन्द्वी साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो ३:४५ मा सुरु हुनेछ।
त्यस्तै, दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच साँझ ६:४५ मा प्रतिस्पर्धा हुँदा तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोले ९:४५ मा एक/अर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै, सोमबार हुने चौँथो खेलमा साविक विजेता फ्रान्सले १२/४५ मा अष्ट्रेलियाको सामना गर्नेछ।
प्रतिक्रिया लेख्नुहोस्:-