अमरगढी । डडेलधुरामा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ।
डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायम राखेका छन्। १००० मत गणना हुँदा देउवाले ४६३ मत ल्याएका छन्।
दोस्रो नम्बरमा भने स्वतन्त्र उम्मेदवार सागर ढकाल छन्। मतगणनाको सुरुवाती चरणमा तेस्रो नम्बरमा रहेका सागर २४१ मत ल्याएर दोस्रो नम्बरमा उक्लिएका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-