पोखरा । कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेल लिड गरिरहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो अपडेटअनुसार पौडेलले १०२४ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका दामोदर बैरागीले ८३८ मतसहित पछ्याइरहेका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका रामजी बराल तेस्रो स्थानमा छन् । बराल गण्डकी प्रदेशका अर्थ मन्त्री हुन । बरालले ४३८ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा रहेका एक लाख एक हजार ७१५ मतदातामध्ये ६१ हजार ४१४ मत खसेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-