काठमाडौं– बैतडीको पाटनमा प्रहरी कर्मचारी सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
मतपेटिका पुर्याएर फर्किने क्रममा जिप दुर्घटनामा परेको हो। सोमबार बिहान पाटन नगरपालिकाको थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा परेकाहरुको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रेम बहादुर शाहीले नेपाल लाइभलाई जानकारी दिए। उनका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको जानकारी प्राप्तभए पनि विस्तृत विवरण भने आउन बाँकी छ।
जिप सडकबाट करिब २०० मिटर तल खसेका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-