गोरखा जिल्लामा गत निर्वाचनको तुलनामा यसपटक मत कम खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लाभर कुल ६५।३ प्रतिशत मत खसेको थियो । तर, यसपटकको निर्वाचनमा करिव ४५ देखि ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताउनुभयो ।

मतपेटिकाहरु संकलन गरेर मतगणना स्थलमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । यसपटकको निर्वाचनका लागि जिल्लामा कूल २ लाख २० हजार ६३७ मतदाता कायम भएका थिए । २ सय २२ मतदान स्थल र ३ सय १७ मतदान केन्द्र निर्धारण गरिएको थियो ।
गोरखा निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार आफ्नो निर्वाचन क्षेत्रका मतदान स्थलहरुको निरीक्षण समेत गर्नुभको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-