२०८० जेष्ठ २३, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मैले जित्दा कसैले हार्नु पर्दैन : दिपक कोईराला

गण्डकी प्रेस
कार्तिक २९, २०७९ १८:४८ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
मैले जित्दा कसैले हार्नु पर्दैन : दिपक कोईराला
5
SHARES
Share on FacebookShare on Twitter


पोखरा । हरेकजसो चुनावी सभामा कांग्रेस नेता यज्ञबहादुर थापा कास्की १ को १ मा प्रदेशसभा सदस्य उम्मेदवार दीपक कोइरालाको तारिफ गर्छन् । कोइरालाले आफ्नो पहिलो कार्यकालमा थुप्रै काम गरेको भए पनि प्रचारप्रसार नगरेकोमा गाली पनि गर्छन् । भन्छन्, ‘उनी मिजासिलो छन् । सबैसँग मिल्छन् । धेरै काम गरे पनि यो–यो गरें भन्न जान्दैनन् ।’

पूर्वमन्त्रीसमेत रहेका थापा कोइरालाले चुनाव जितेपछि प्रदेशको ‘पावरफुल’ मन्त्रालय सम्हाल्ने पक्कापक्की रहेको मतदातालाई बताउँछन् । ‘यत्तिको युवा नेता यो क्षेत्रले पाएको छ । जितेर गएपछि मन्त्री बन्छ, बन्छ,’ उनले मतदातालाई भन्ने गरेका छन्, ‘व्यवहारमा मिलनसार पनि छ, काममा परिपक्वता पनि छ ।’

घरदैलोको क्रममा उनी उमेर अनुसारको सम्बोधन र सम्मान सर्वसाधारणलाई गर्छन् । पाँच वर्ष संसदमा पुगेर नीति बनाउन खर्चिए पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत जनतासँग प्रत्यक्षरुपमा उनी जोडिए । स्थानीय आवश्यकता पहिचान गरेर तिनलाई सम्बोधन गर्न खटिए ।

पोखरा र लेखनाथको भूगोल मिलेर पोखरा महानगरपालिका बने पनि मन मिलेको थिएन । साबिकको लेखनाथ नगरपालिकावासीले महानगरमा अपनत्व लिन सकेका थिएनन् । उनले केही योजना साबिक लेखनाथ क्षेत्रमा लैजान पहल गरे । जस्तो संक्रामक तथा सरुवा रोग अस्पताल ।

कोरोना महामारीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमितको चाप थेग्न नसक्दा साबिकको लेखनाथ लायन्स अस्पताललाई संक्रामक तथा सरुवा रोग अस्पतालमा रुपान्तरण गरियो । लेखनाथमै प्रदेशस्तरको आयुर्वेद अस्पताल बन्यो । गण्डकी विश्वविद्यालय लेखनाथमै स्थापना भयो । पोखरा र साविक लेखनाथ जोड्ने गरी विजयपुर खोलामाथि २ पुल बने । एउटा पुल निर्माणाधीन छ ।

सरकार परिवर्तन हुँदा पनि ५ वर्ष नै विषयगत समितिका सभापति हुने उनी एक्ला सांसद हुन् । उनी अर्थ तथा विकास समिति सभापति भए । त्यस क्रममा उनले मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गराउन निर्देशन दिएका थिए । विकास, निर्माणमा पनि उनले नयाँ र सिर्जनात्मक उपायको खोजी गरे । नेपालमै पहिलोपल्ट प्राकृतिक तालमाथि झोलुंगे पुल बनाउन अग्रसरता लिए ।

रुपा तालमाथि बनाइएको झोलुंगे पुल अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । वेगनासको जीर्ण बाँध मर्मत गरी फुट ट्र्याक बनाउन अगुवाइ गरे । फुट ट्र्याक निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भयो । भण्डारढिक रंगशालाको स्तरोन्नति, कभर्ड हल निर्माण सुरुवात, पचभैया चिडियाँखानालाई सहयोग, विभिन्न खानेपानी तथा सिंचाइ आयोजनामा उनले बजेट विनियोजन गरे ।

उनले टुक्रेभन्दा ठूलो योजनामा जोड दिए । रुपा गाउँपालिकामा ‘एक निर्वाचन क्षेत्र, एक नमुना सडक’ कार्यक्रम अन्तर्गत रिङ रोड बन्यो । रिङ रोडमा हालसम्म ३० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । वेगनासदेखि भोर्लेटार जोड्ने सडक कालोपत्र गर्न १० करोड रुपैयाँभन्दा बढी विनियोजन भयो ।

रुपा गाउँपालिकाका अधिकांश बाटा प्रदेशकै बजेटबाट बनेका छन् । कांग्रेस सहमहामन्त्री जीवन परियार आफ्ना पूर्व प्रतिस्पर्धी दीपक कोइरालालाई जिताउन खटिएका छन् । भन्छन्, ‘अब पालो युवाकै हो ।’ उम्मेदवार कोईराला आफै पनि भन्छन् – ‘मलाई भोट हाल्दा कसैले हार्नु पर्दैन ‘ ।

 

सम्बन्धित समाचार

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन
समाचार

५० हजार घुससहित वडाध्यक्ष पक्राउ

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार
अपराध

सराङ्काेट बाल गृहबाट भागे ३ बालक

माओवादिकाे सन्यै तालिम सम्पन्न
समाचार

माओवादिकाे सन्यै तालिम सम्पन्न

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे
अर्थ

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस
प्रमुख समाचार

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस

शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ पक्राउ
अपराध

भुटानी शरणार्थी प्रकरण : आरोपीमाथिको थुनछेक बहस आज

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

५० हजार घुससहित वडाध्यक्ष पक्राउ

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

सराङ्काेट बाल गृहबाट भागे ३ बालक

माओवादिकाे सन्यै तालिम सम्पन्न

माओवादिकाे सन्यै तालिम सम्पन्न

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस

शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ पक्राउ

भुटानी शरणार्थी प्रकरण : आरोपीमाथिको थुनछेक बहस आज

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

लागूऔषध सहित पाेखरा नयाँबजारका २ जना पक्राउ

चर्चित खबरहरु

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

माओवादिकाे सन्यै तालिम सम्पन्न

माओवादिकाे सन्यै तालिम सम्पन्न

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

सराङ्काेट बाल गृहबाट भागे ३ बालक

कम्युनिष्ट पार्टी माओवादीले एमसिसिको नाममा रहेको जग्गा कब्जा

कम्युनिष्ट पार्टी माओवादीले एमसिसिको नाममा रहेको जग्गा कब्जा

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

मोटरसाइकल त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु