लेखनाथ । यहि मंसिर ४ गते हुने आम निर्वाचनमा केन्द्रित हुदै एमालेका उम्मेदवारहरुलाई जिताउन कास्की क्षेत्र नं १ का युवाहरु संगठित भएका छन् ।

युवा संघ नेपाल कास्की क्षेत्र नं १ ले आईतवार राखेको बृहत युवा भेलाले मतदानको परिमाण नआउने बेलासम्म मतदातादेखि मतदान केन्द्रको सुरक्षाका लागि टोली नै बनाएर खटिने गरि पाँच सय ५१ सदस्यीय युवा परिचालन कमिटी गठन गरिएको हो ।
कार्यक्रममा बोल्दै कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले युवाहरुले भोग्नु परेका समस्याका बारेमा एमालेले आफनो नीति तथा कार्यक्रममा प्रष्टसाथ राखेकाले देशै भरि युवाहरुको आकर्षण एमालेमा बढेको ठोकुवा गरे । उनले युवाहरुलाई स्वदेशमा नै स्वरोजगार हुने वातावरण सिर्जना गर्ने बताए ।
कास्की क्षेत्र नम्वर १ (क) का प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारीले कास्कीमा एमालेलाई हराउन कुनै शक्तिले सपना नदेखे पनि हुन्छ भन्दै दिवा सपना देख्नेहरु गठबन्धनको नाममा बरबराउन लागेको आरोप लगाएका थिए ।
पार्टीगत सिद्धान्त विना नै चुनावी मैदानमा आउनेहरुले देशलाई कसरी कमजोर बनाउने भन्दै उनले सत्ता प्राप्तिका लागि मात्र गठबन्धन गरेको बताए । तर देश विकासका एजेण्डा र एमालेको काम गर्ने शैलीलाई हेरर जनताले विश्वास गरेको उनको भनाई छ ।
सोही अवसरमा कास्की क्षेत्र नम्बर १(ख)का उम्मेदवार वेद बहादुर गुरूङ९श्याम०ले सत्य र असत्य बिचको लागि यो चुनाव रहेको बताउँदै युवाको चाहना र समय परिवेश अनुरुपको युवा लक्षित कार्यक्रम मार्फत देश विकास गर्न सकिने उनको भनाई छ ।
कार्यक्रममा तरूण दल कास्कीका जिल्ला सदस्य मेख लामा सहित विभिन्न पाटी परित्याग गरि करिव सय जनाभन्दा बढी युवाहरु स्वतस्फुर्त रुपमा नेकपा एमालेमा प्रवेश गरेका थिए ।
युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपमा एमाले जिल्ला कमिटिका सचिव बैन बहादुर क्षेत्री, पोखरा महानगरपालिका नगर कमिटी अध्यक्ष दिलिप न्यौपाने,युवा संघका केन्द्रिय सदस्य सुवास सापकोटा र विकास अधिकारी लगायतले चुनावी अभियानमा दिनरात,भोक र तिर्खा नभनी खटिनका लागि अनुरोध गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-