पोखरा । कास्की जिल्ला क्षेत्र बनं. २ (१) बाट प्रदेशसभा सदस्य उम्मेदवार विजय बहादुर भण्डारीले देश र जनताको मुहार फेर्नका लागि आफले उम्मेदवारी दिएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदावर बनेको भण्डारीले पोखरा महानगरपालिका १७ महतगौडामा मतदातासँग भेटघाट गर्दै आफुलाई विजयी गराएमा हरेक नागरिकको समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनताको ढाड सेक्नेगरी भइरहेको दोहोरो कर प्रणालीको अन्त्य गरी कर संरचनामा हेरफेर गर्ने बताए । उनले असक्षम जनप्रतिनिधिलाई हटाउने प्रणालीको सुरुवात गर्ने समेत सुनाए । ‘हामीले धेरै देखिसक्यौ, भोगिसक्यौ ।
अब दुःख पाउनका लागि मतदान गर्ने होइन विकासका लागि मतदान गर्ने हो’ उनले भने, ‘असक्षम, अयोग्य जनप्रतिनिधिलाई राइट टु रिजेक्ट तथा राइट टु रिकल प्रणालीको विकास गर्नेछु ।’ उनले पछिल्लो समय देशका युवाहरु विदेशीने लहर ह्वात्तै बढेकाले यसको नियन्त्रण गरी स्वदेशमै स्वरोजगारको सृर्जना गर्ने बताए । नेपालीलाई आत्मनिर्भर बनाइ स्वदेशी उत्पादनमा जोड दिदैँ देशको आर्थिक उन्नति गर्नेसमेत बताए ।
मतदाताहरुसंग कुराकानी गर्दै उनले प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री भ्रष्टचार नियन्त्रण गर्न सक्ने र देशलाई बचाउने खालको नेता चाहिएको स्थानीय वेदनाथ भण्डारीले बताए । उनले विजयलाई आफुहरुको मत दिने समेत बताए । यस्तै नारायण भण्डारीले वौद्धिक क्षमता र भिजन भएको उम्मेदवार आफुहरुलाई चाहिएको र उक्त कुरा विजय भण्डारीमा भेटिएको बताए । उनले राजनीतिभन्दा माथि उठेर निस्वार्थ रुपमा देश र जनताका लागि काम गर्ने नेता आफुहरुले अब पाएको सुनाए ।
हेमलाल गिरीले अहिलेसम्मका जतिपनि विजयी भएर गए उनीहरुले घरघरमा ग्याँसको पाइप, रेल ल्याउने, पानी जहाज ल्याउँने जस्ता झुटा आस्वासन बाड्दै जनताको बीचमा आउने नेताका पार्टीलाई हराएर अब नयाँ अनुहारलाई जिताउने बताए । उनले गठबन्धन गरेर चुनावमा उठ्नुको कुनै औचित्य नरहेको खाली पदलाभका लागि मात्रै रहेको आरोप लगाउँदै विजय जस्तै नयाँ युवा अनुहारले विकास गर्न सक्ने बताए । .
पोखरा महानगरपालिका वडा नं. १७ महतगौडा
प्रतिक्रिया लेख्नुहोस्:-