पोखरा । अगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की २ (१) बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्व प्रकाश लामिछानेले लामो संघर्ष पछि व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन हुन नसक्दा दुःख लागेको बताएका छन् । पोखरा १७ घारीपाटनमा सञ्चालित निर्वाचन अभियानमा उनले भने, ‘व्यवस्था परिवर्तन गरियो तर अबस्था परिवर्तन गर्न सकेनौं । अब अबस्थामा परिवर्तन गर्न गठबन्धन गरेर आएको छौं ।’
उनले अहिले गठबन्धनको स्थानीय एजेण्डा भनेको स्वास्थ्य, शिक्षाका साथै सम्बृद्ध नागरिक बनाउने रहेको बताए । असल नेतृत्वको अहिले आवश्यक परेको भन्दै उनले भने, ‘पोखराको नमुना बिकास गरेर देखाउने छु । बिजयका लागि मतदान गर्न अनुरोध छ ।’
अभियानमा नेपाली काँग्रेसकी समानुपातिक उम्मेदवार बृन्दादेवी रानाले स्थिर सरकार, रोजगारी, आर्थिक बृद्वि भष्ट्राचार नियन्त्रणको लागि गठबन्धन गरिएको भन्दै गठबन्धनका उम्मेदवारको जितले मात्रै नेपालीको समस्याको समाधान हुने दावी गरिन् ।
‘बिगतका जनप्रतिनिधिको मुल्यांकन गर्ने समय अहिले हो । दुख सुखमा भेटिने को हो भनेर बुझ्नुपर्छ । उहाँ जस्तो ईमानदार नेताको खाँचो छ ।’ उनले भनिन् ।
बिरुवा आमा समूहकी अध्यक्ष दुर्गा केसीले देशलाई संकट पर्दा, व्यवस्था धरापमा पर्दा एकजुट हुने दलले नै निकास र विकास दिने भन्दै चुनाव चिन्ह फरक परेर केही फरक नपर्ने बताईन् । ‘यो देशले मागेको गठबन्धन हो । मत दान मात्र हैन अधिकार प्रयोग गर्ने हो । बिकासको योजना भएका विश्व प्रकाशलाई जिताउन सबै आफ्नो आफ्नो ठाउँबाट लाग्नुपर्छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-