जर्मनीले कतारमा हुने विश्वकप फुटबल २०२२ का लागि २६ सदस्यीय टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक हेन्सी फ्लिकले बिहीबार २६ सदस्यीय टिमको अन्तिम घोषणा गरेका हुन् ।
जर्मनीको राष्ट्रिय फुटबल टिममा नियमित सदस्य टोनी क्रुस भने परेका छैनन् । त्यस्तै, केही दिनअघि मात्रै घाइते भएका टिमो वेर्नर पनि टिममा परेका छैनन् ।
मंसिर ४ देखि कतारमा सुरु हुने विश्वकपमा जर्मनी समूह ‘ई’ मा परेको छ । यो समूहलाई ‘ग्रुप अफ डेथ’ पनि भनिएको छ । जर्मनीसँगै यो समूहमा २०१० को विश्वकप विजेता स्पेन, जापान र कोस्टारिका छन् । जर्मनीले आफ्नो पहिलो खेल जापानसँग मंसिर ७ गते साँझ ६ः४५ मा प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, जर्मनीले आफ्नो दोस्रो खेल स्पेनसँग मंसिर १२ गते राति १२ः४५ बजे खेल्नेछ । जर्मनीले आफ्नो अन्तिम खेलमा मंसिर १६ मा कोस्टारिकासँग खेल्नेछ ।
चारपटक विश्वकप जितेको जर्मनी २०१८ मा भने समूह चरणबाटै बाहिरिएको थियो । जर्मनीले पछिल्लोपटक सन् २०१४ मा विश्वकप जितेको हो । जर्मनी कतार विश्वकप जित्ने लक्ष्यमा छ ।
२६ सदस्यीय जर्मनी टिम
गोलकिपरः म्यानुएल नेउर, मार्क–एन्ड्रे टेर स्टेगन, केभिन ट्याप
डिफेन्डरः आर्मेल बेला कोचाप, माथिअस जिन्टर, क्रिस्टियन गुन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेविड राउम, एन्टोनियो रुडिगर, निको स्लोटरबेक, निकलस सुले
मिडफिल्डररफरवार्डः करिम एडेएमी, जुलियन ब्रान्ट, निकलस फुलक्रग, सर्ज नाब्री, लिओन गोरेट्जका, मारियो गोट्जे, इल्काए गुन्डोगन, काइ हाभट्र्ज, जोनास हफम्यान, जोसुवा किमिख, युसौफा मौकोको, जमाल मुसियला, थोमस मुलर, लेरोय साने
प्रतिक्रिया लेख्नुहोस्:-