पोखरा । पोखरा १५ निवासी बिष्णु कुमारी गुरुङले अहिलेका राजनिति पार्टीहरुले नेपाल देशलाई बिदेशीको हातमा सुम्पिएको आरोप लगाउछिन । उनको भनाइ अनुसार अहिले नेपाल नै भन्न नपाईने अवस्था आएको छ । अब यसबाट रोक्नको लागि राप्रपाको खाचो रहेको उनको धारणा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट कास्की क्षेत्र नं २ क मा उम्मेदवारी दिएका विजय बहादुर भण्डारी संग उनले भनिन अब यो देश गणतन्त्रले होईन राजतन्त्रले मात्र बचाउन सक्नेछ ।
अब नेपाल र नेपालीको असतित्व जोगाउन राजा र हिन्दु राष्ट्र चाहिने उनको भनाइ छ । ‘राष्ट्र बचाउन तपाईको बिजयको आवश्यक रहेको छ, भण्डारीलाई सुनाउदै भनिन,‘ तपाइलाई अग्रिम जितको शुभकामना छ ।’
गुरुङले जस्तै बिना रानाको पनि देश जोगाउन राप्रपाको जित हुनुपर्ने धारणा छ । अहिलेका ठुला पार्टीका नेताले देशमा शान्ति, सुशासन र बिकाशका काम गर्न नसकेको भन्दै उनीहरुले देश लुटने, भ्रष्टचार जस्ता काममा भुलेको बताइन । रानले देश बचाउन राजाको आवश्यक रहेको कुरा बताईन ।
घर दैलो अभियानमा प्रत्यक्ष रुपमा जनतासँग देशमा भएका राजनितिक समस्या मतदाताले भण्डारीलाई सुनाएका थिए ।
उच्च शिक्षा, विज्ञान र प्रविधिको बिकाशको लागी विशेष कार्यक्रम लागु गर्ने जस्ता प्रत्यक्ष जनतालाई सरोकार राख्ने महत्वपुर्ण एजेण्डा बोकी कास्की क्षेत्र नम्वर २ क का राप्रपा का प्रदेश सभा सदस्यका उमेरद्धार बिजय बहादुर भण्डारीले उम्मेदवारी दिएको मतदातालाई जानकारी दिए ।
भण्डारीले जनताको दुःख, पिर मार्का बुझने जनताको गाँस, बास, कपासको, उचित ब्यावस्था मिलाउन सक्ने नेता हुनुपर्नेमा अहिलेको ठुला दलका नेता स्वार्थमा विकेको बताए ।
आफु राष्ट्र, राष्ट्रियता प्रति पुर्ण वफादारी हुने बताउदै भण्डारीले राप्रपालाई मतदान गर्न आग्रह गरे । भण्डारीले ठुला राजनिति पार्टीहरुले आफु सतmा र शतिmमा हुँदा देश र जनताको सवालमा कुनै सकरात्मक काम गर्न नसक्नु दुखको कुरा रहेको धारणा राखे ।
प्रतिक्रिया लेख्नुहोस्:-