२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

संविधान च्यात्ने दुष्प्रयास भएको थियो, कार्यान्वयन गर्न आएको छु– लामिछाने

गण्डकी प्रेस
कार्तिक २१, २०७९ १९:३२ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
संविधान च्यात्ने दुष्प्रयास भएको थियो, कार्यान्वयन गर्न आएको छु– लामिछाने
16
SHARES
Share on FacebookShare on Twitter

पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (१) मा ५ दलीय गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले संविधान कार्यान्वयन र विकासका लागि नेतृत्व फेर्नुपर्ने बताएका छन् । पोखरा महानगरपालिका २१ मा सञ्चालित चुनवी अभियानका क्रममा मतदातासँग उनले यस्तो बताएका हुन् ।

जवाफमा मतदाताले आफ्नो ठाउँको बिकासको लागि नेतृत्व फेर्न तयार भएको बताएका छन् । कार्यक्रममा ठुलीस्वाँरा टोल बिकास संस्थाका बलबहादुर आलेले बाटो नभएर दुख पाईएको बताउँदै बाटो बनाईदिनेलाई आफ्नो मत दिने बताए । उनले लामिछानेसँग बाटोलाई पहिलो प्रथामिकता राखेर काम गर्न माग समेत गरे । साथै उनले आफ्नो टोलमा खानेपानी र भवन मर्मतको लागि बजेट माग गरे ।
स्थानीय दधिसरा रानाले जति चुनाव आएपनि जन प्रतिनिधिले जनतालाई निराश मात्रै बनाएको गुनासो गरिन् । ‘अहिलेको पारा हेर्दा मेरो जिन्दगी त यसै गयो छोरा छोरीको जिन्दगी पनि यसरी नै जान्छ जस्तो छ ।’ उनले भनिन् ।

उनले अहिले पार्टी र नेताहरुको भरोसा पनि लाग्छ छाडेको बताउँदै आश्वासन मात्रै दिनेलाई भन्दा नयाँ उम्मेदवारलाई मत दिने बताईन् । जनतालाई आस नदेखाउन आग्रह गर्दै उनले सबैले मिलेर काम गरे राम्रो हुने बताईन् । स्थानीय चन्द्र बहादुर थापाले पटक पटक धाउँदा पनि विकासका लागि बजेट नआएको गुनासो गरे । ‘पाँच वर्ष धाउँदा धाउँदा समेत बजेट पाईएन अब हामी पुरानालाई कालो झण्डा देखाउन तयार छौं ।’ उनले भने ।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य गुरु बरालले संविधान च्यातिने, लोकतन्त्र मासिने खतरा कायमै रहेकोले लोकतन्त्रको रक्षाका लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने बताए ।
प्रतिनिधिसभाका उम्मेदवार श्रीनाथ बरालले नेकपा एमालेले संविधान कार्यान्वयन गर्न भन्दा भ्रष्टाचार बढाउन र संसद बिघटन तिर ध्यान दिएकाले लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने अवस्था आएको बताए । देशलाई अप्ठ्यारो पर्दा कम्युनिस्ट र काँग्रेस मिल्ने नेपाली राजनीतिको विशिष्ट विषेशता रहेको भन्दै उनले आफुलाई साझा उम्मेदवारको रुपमा प्रस्तुत गरेका थिए ।
‘जित भएपनि नभएपनि सधैं जनताको घरमा हुनेछु । बाटो स्तरोन्ती गर्ने फराकिलो बनाउने छौं । खानेपानी पर्याप्त हुनेगरी काम गर्नेछौं ।’ उनले भने ।
एकीकृत समाजवादी समानुपातिक उम्मेदवार सारदा प्रसाद सुवेदी केपीले प्रतिगामी लिएर राजनिती गरेको बताए ।

नेपाली काँग्रेस समानुपातिक उम्मेदवार बृद्धा राना आले आगामी ५ वर्षको लागि बिकास गर्न, समृद्धि ल्याउन गठबन्धन गर्नुपर्ने बताईन । नेकपा (एकीकृत समाजवादी)का समानुपातिक उम्मेदवार दिलकुमारी पन्तले गठबन्धनको उम्मेदवारको जित निश्चत भएको बताईन् । अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेस पराजुलीले संविधान बचाउन काँग्रेस र कम्युनिस्ट एक भएको बताए । व्यवस्था बचाउन गठबन्धन भएको उनको भनाई थियो ।

नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि बिजयराज आचार्यले गठबन्धन किन र के को लागि बन्यो बुझ्नुपर्ने भन्दै देशको भविष्यको लागि गठबन्धनको आवश्यकता रहेको बताए ।

कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारी कास्की अध्यक्ष देवीमाया अधिकारी, एकीकृत समाजवादी जिल्ला सचिवालय सदस्य दताराम आचार्य, समानुपातिक उम्मेदवार बृद्वा देवी राना, माओवादी केन्द्र गण्डकी प्रदेश सल्लाहकार निर्मल बहादुर अधिकारी, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि देवराज चालिसे, नेकपा एस जिल्ला अध्यक्ष खड्क हमाल लगायतले गठबन्धन कम्तिमा ५ वर्ष अघि बढ्नुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद