पोखरा । कास्कीको पर्यटकिय क्षेत्र भएर पनि ओझेलमा परेका छन् अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका । यि दुई गाउँपालिका बिकासको हिसाबले हामीले भन्ने गरेको कास्कीको कर्णाली जस्तै छन् । तत्काल बिरामी भएर अस्पताल लैजान नसकेर बाटोमै बिरामीको मृत्यु हुने गरेका घटना मात्र हैन, बिजुली र पानीको राम्रो सँग उपभोग गर्न नपाएका जनता पनि यहीँ छन् ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
अघिल्लो चुनावमा जिताएपछि, माछापुच्छ्रेमा बिकासको आगो फुकेका रामजी बरालले फेरी पनि जिते हुन्थ्यो भन्नेमा माछापुच्छ्रेका जनताको अपेक्षा रहेको पाईएको छ । किनकी त्यो आगो निभ्न नदिने उनी एकमात्र उम्मेदवार हुन् । ‘साँसद र मन्त्री हुँदा प्रतिनिधिसभाका उम्मेदवार रामजी बरालले जत्तिको बजेट माछापुच्छ्रेमा आएको थाहा छैन ।’ एमालेबाट अघिल्ले निर्बाचनमा जितेका एक वडा अध्यक्षले भने–‘राजनिति र बिचार एक ठाउँमा होला । तर उहाँले गरेको बिकास केही पनि हैन, भन्यो भने पाप लाग्छ ।’
उनले रामजीकै कारण पानी खान नपाएका जनताको आँगनमै धारो आएको भन्दै रामजी जस्तै २÷४ जना आफ्नो निर्बाचन क्षेत्रका जनताको लागि गर्ने जनप्रतिनिधि भए माछापुच्छ्रेले मात्र हैन कास्कीले नै मुहार फेर्ने वताए । माछापुच्छ्रेको बिकासले छलाङ मारेको सुनेका र देखेका अन्नपुर्णका जनता पनि प्रतिनिधिसभामा रामजीलाई जिताउन पाए आफ्नो ठाउँको पनि बिकास हुने आशमा छन् ।
दाङसिङको युवा क्लबका अध्यक्ष कमल गुरुङ रामजी बरालको प्रतिनिधिसभामा जित हुनुले आफ्नो ठाउँको पनि बिकास हुने आश जागेको वताउँछन् । ‘अहिलेनै मन्त्री भएको मान्छे । फेरी जिते पनि मन्त्री हुने होला । माछापुच्छ्रेमा उहाँले थुप्रै बिकास गरेको सुनेका छौ । अब प्रतिनिधिसभामा पनि उहाँले जिते त्यस्तै होला ।’ कमलले भने । उल्लेरीकी कमला गुरुङले पनि कास्कीको कर्णाली भनेर चिनिने अन्नपुर्णका लागि रामजी जस्तै बिकास प्रेमी नेताहरुले जितुन आफुहरुको चाहना रहेको वताईन् ।
कास्की ३ मा दुई वटा गाउँपालिका छन् । ती गाउँपालिका हिमाली गाउँपालिका हुन् । उपल्लो भेगसम्म बस्ती भएका कारण त्यहाँ यातायात, खानेपानी, लगायतका पुर्वाधारको विकास हुन सकेको छैन । आफु साँसद र मन्त्री हुँदा माछापुछ«े गाउँपालिकाका विभिन्न योजनामा ६० करोड बजेट हालेका रामजीको पुरै क्षेत्रमा पुनरागमन हो भन्ने चाहना कास्की क्षेत्र नम्बर ३ का मतदताको रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-