पोखरा । कास्की–२ मागठबन्धनका तर्फबाट प्रदेश सभा २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले आफूले सुरु गरेका काम पुरा गर्न पुनः सोही क्षेत्रबाट उठेको बताएका छन् ।
पोखरा २० भलाममा पाँचदलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा थापाले पोखरा भलाम क्षेत्रमा धेरै योजना र कार्यक्रम सुरु गरेकाले त्यसलाई पुरा गर्न पुनःजिताउनुपर्ने बताए । ‘पहिला तपाईहरुले नै अमूल्य मत दिएर जिताउनु भएको हो । पहिलो कार्यकालमा धेरै विकास निर्माणका काम सुरु भएका छन्,’ उनले भने, ‘अब केही नयाँ काम गर्नुपर्ने छ अनिपुराना योजना पुरा गर्नपर्नेछ ।’
स्थानीयले पनि नेताहरु सँग बाटो, खाने पानी र विकास निर्माणको समस्या हल गरिदिन आग्रह गरेकाथिए । स्थानीय शेषकान्त शर्माले बाटोका लागि केन्द्रीय योजनामा पर्न नसकेको गुनासो गरेकाथिए । उक्त कुरा सुनेपछि थापाले आफुले सकेको सहयोग सधैं गर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले आफूले नयाँ पाँच योजना लिएर निर्वाचनमा होम्मिएको समेत बताए । सानो क्षेत्रलाई मात्र नभई समग्र राष्ट्र हितका लागि आफुले योजना अघि सारेको उनले सुनाए ।
गठबन्धनले देशको निकास गर्ने भएकाले आफू मात्र नभएर आफ्नो क्षेत्र सहित सबै जिल्लामा गठबन्धनले जित्न आवश्यक रहेको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-