कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार माधव प्रसाद कँडेलले कास्कीलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।
आफ्नो चुनावी घरदैलो अभियानमा हिडेँका उनले आफुले जडिवुटि र दुग्धजन्य पदार्थको उत्पादन र उचित बजार व्यवस्थापनका लागि काम गर्ने बताए । उनले मतदातासँग भेट्दै स्थानीय स्तरमा उत्पादन हुने कृषिलाई समेत जोड दिने बताए ।
‘बहुमुल्य जडिबुटि तथा दुग्धजन्य पदार्थ उत्पादक कृषकहरुलाई विशेष सहुलियत तथा उचित बजार व्यवस्थापनको लागि काम गर्नेछु’ उनले भने, जसका लागि सडक सञ्जालको लागि आवश्यक छ । क्षेत्रभित्र रहेका मुख्य र सहायक सडकहरु विस्तार र गुणस्तरीय स्तरोन्नतिको कार्य गर्नेछु ।’ उनले आफ्ना विशेष प्राथमिकतामा शिक्षा प्रमुख रहेको बताए । शिक्षाको विकासले मात्रै राष्ट्रको विकास हुने उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-