तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य प्रत्यक्ष उम्मेदवार विकास सिग्देलले स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका सिग्देलले आफ्नो ठूला र हावा एजेन्डा नभई सामान्य तर गहन एजेन्डाहरु मात्रै रहेको बताउँदै तनहुँमा उपचार गराउन जाने हरेक नागरिकका लागि पहिला उपचार गराउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले देशमा आम समस्याको रुपमा उपचार प्रक्रिया रहेको सुनाउँदै त्यसमा परवर्तनको खाँचो रहेको बताए । नीजि तथा सरकारी अस्पतालमा उपचारका लागि जाने जो कोहि नागरिकले पनि पहिला भुक्तानी गरेर मात्रै उपचार लिनुपर्ने बाध्यताका कारण कतिपय अवस्थामा विपन्न परिवारले उपचार नै नपाएको बताए । ‘पहिला उपचार अनिमात्र भुक्तानी । नसक्नेका लागि निःशुल्क उपचार गराउने व्यवस्था ल्याउनेछु’ उनले भने ।
रास्वपाको प्रमुख प्राथमिकता भ्रष्टचार अन्त्य रहेको बताए । उनले भ्रष्टचारको अन्त्य गरी बर्षै अघि पुराना फाइल खोल्ने छु’ उनले भने । मतदातासँगको भेटघाट कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-