मोरङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण विजेता एपिएफ र पोखराको सहारा क्लब भीड्ने भएको छ ।
मोरङ बेलबारीमा जारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा शनिबार सहारा क्लब र एपिएफ क्लबसँग भिड्ने भएको छ ।
बेलबारीको लक्ष्मीमार्ग डाङ्गीहाट युथक्लबले आयोजना गरेको प्रतियोगिताका लागि शुक्रबार बेलबारी पुगेको सहाराले शनिबार एपिएफको सामना गर्ने छ ।
१० टिमको सहभागी प्रतियोगितामा सहारा र एपीएफले सोझै क्वाटरफाइनलमा स्थान पाएको हो । पूर्व राष्ट्रिय खेलाडी, राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट समावेश खेलाडी र सहारा एकेडेमीका युवा खेलाडीहरुले सहाराको टिम बनेको छ ।
सहाराका प्रशिक्षक सुनिल रानाले एपीएफसँगको खेलमा पूर्व राष्ट्रिय खेलाडी अजित भण्डारीको कप्तानीमा पूर्व राष्ट्रिय गोलरक्षक विमल थापासहित गण्डकी प्रदेशका उत्कृष्ट खेलाडीहरु आशिष गुरुङ, सरोज योञ्जन, रन्दीप पौडेल, जय गुरुङ, भिषन गुरुङ तथा यु–२० का राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ, दिपेश आले, सन्तबहादुर गुरुङ र सहारा एकेडेमीकै मुकुन्द न्यूरेलाई प्लेइङ–११ मा उतार्ने छन् ।
सहारा एकेडेमीका रोमन थापा (गोलरक्षक) अभिषेक राना, अनिष पोमु लिम्बु, नवराज धमेल, विशाल नेपाली, भागवत चौधरी र जीवन रायमाझी सब्सीच्युट खेलाडी रहनेछन् ।
सहाराका कप्तानअ जित भण्डारीले एपीएफसँगको खेल टप हुने बताए । उनले भने, ‘भोलीको खेलमा एपीएफका लागि सहारा चुनैती बन्नेछ । प्रतिस्पर्धी एपीएफसँगको खेल फिफ्टी/फिफ्टीकै हुनेछ ।’
त्यस्तै, प्रशिक्षक सुनिल रानाले पनि फुटबलमा हाई मोटिभेट भएको एपीएफलाई होल्डमा राखेर नतिजालाई आफ्नो पक्षमापार्ने खेल पस्कने प्रतिक्रिया दिए।
प्रतियोगितामा सहारासहति आयोजक डांगीहाट युथक्लब (मोरङ, बेलबारी), एपीएफ सहलेस युथक्लब (सिराहा), राजारानी फुटबल क्लब (धनकुटा),
रोलिङ क्लब धुलाबारी (झापा), पेम्बायुथ क्लब (विराटनगर), भारतको एमएमएफसी (वेष्ट बंगाल), युनाईटेड ब्रदर्श (कालिम्पोङ) र एभिनियर फुटबल क्लब (क्यामरुन) ले सहभागिता जनाएको छ ।
प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगदसहित ट्रफी पुरस्कार पाउनेछन् । यस वर्ष पुरस्कार राशी बढाएको आयोजक डांगीहाट युथक्लबले जनाएको छ ।
गतवर्ष पुरस्कार राशीविजेताको ५ लाख र उपविजेताको २ लाख ५० हजार थियो। सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ नगद पाउने क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक विक्रम वान्तवाले जनाएका छन् ।
वान्तवाका अनुसार उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर,सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही १५/१५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट प्रशिक्षले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-